काठमाडौं-– काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पौष अन्तिम साता पदबाट राजीनामा दिने तयारी गरेका छन् ।आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ।बालेनले निर्वाचनमा भाग लिनका लागि मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसैका लागि मेयर बालेनले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी भइरहेको बालेन निकट स्रोतले बतायो ।
“महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई साता १५ दिनभित्रै मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ,” बालेन निकट स्रोतले भन्यो ।बालेनले राजीनामा दिएपछि काठमाडौं महानगरको कार्यवाहक नेतृत्व उपमेयर सुनिता डंगोलले सम्हाल्ने छिन् ।






