काठमाडौं- भारतका प्रधनमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा सय मिलियन अर्थात १० करोड फलोअर्सको आंकडा पार गरेका छन् । उनी यो प्लेटफर्ममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बनेका छन् ।
न्युज एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदले सन् २०१४ मा इन्स्टाग्राम ‘ज्वाइन’ गरेका थिए । पछिल्लो एक दशकमा उनको अकाउन्ट विश्वका नेताहरूको बीचमा सबैभन्दा बढी सक्रिय र लोकप्रिय डिजिटल प्लेटफर्म मध्ये एक बनेको छ ।प्रमुख वैश्विक नेताहरूमा अब भारतीय प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स छन् । यो प्लेटफर्ममा उनका फलोअर्सको संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा दुई गुणा बढी छन् ।


![Embassy of India in Kathmandu organizing International Entrepreneurship Conclave, Connect[IN] on 23 March in Kathmandu.](https://i0.wp.com/himalayadiary.com/wp-content/uploads/2022/03/1647932597_Pic1.jpg?fit=350%2C225&ssl=1)




