Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

पुटिन सात मन्त्रीसहित भारत पुगेका छन्, मोदीसँग द्विपक्षीय वार्ता गर्ने, २५ भन्दा बढी सम्झौता हुने

Editorial Team by Editorial Team
December 5, 2025
in News, World
0
रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ दुईदिने भारत भ्रमणमा पुगेका छन् । उनीसँगै सातजना मन्त्रीहरूको ठूलो प्रतिनिधिमण्डल पनि आएको छ ।
भारतीय प्रधानमन्त्री मोदी स्वयम् पुटिनलाई विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।
दुवै नेताले एकअर्कालाई अङ्गालो हालेका थिए र मोदी तथा पुटिन एउटै गाडीमा बसेर विमानस्थलबाट प्रधानमन्त्री निवास पुगेका थिए ।
मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनको क्रममा, दुई नेताहरूबीच रक्षा सहयोगलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना मोड्युलर रिएक्टरहरूमा साझेदारी गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदी र पुटिनबीच आज दुई महत्वपूर्ण बैठकहरू हुँदैछन्, जसमध्ये एउटा बैठक बन्द कोठामा हुने बताइएको छ ।
दुई नेताबीचको द्विपक्षीय भेटघाटको क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौताहरू माथि हस्ताक्षर हुने सम्भावना छ ।
आज बिहान ९ बजे भारतको राष्ट्रपति भवनमा पुटिनलाई राजकीय स्वागत गरिएको छ । त्यसपछि उनले राजघाट गएर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नेछन् भने बिहान ११ बजे हैदराबाद हाउसमा २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलन आयोजना हुनेछ ।
मोदी र पुटिनले आज साँझ एक व्यापारिक फोरमलाई पनि सम्बोधन गर्नेछन् । आज साँझ पुटिनको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राजकीय रात्रिभोज दिने बताइएको छ ।
यसैबीच पुटिन भारत भ्रमणमा दिल्ली ओर्लेपछि बिहीबार मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भनेका छन्, “राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएँ । गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ ।”

Advertisement Banner
Previous Post

If Europe wants to fight, we are ready: Putin

Next Post

३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

Editorial Team

Editorial Team

Next Post
३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

Recommended

New Year a day of new resolution: President Paudel

New Year a day of new resolution: President Paudel

3 months ago

Get Ready to Run Your First 5K With This Plan

9 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.