Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

Editorial Team by Editorial Team
December 5, 2025
in Business, Nepal, News
0
३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल राष्ट्र बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएसँगै राष्ट्र बैंकले हालसम्म थप ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँबराबरको सुन किनेको छ । यो सुन प्रमाणपत्रमा गरेको लगानी हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको अस्थायी वित्तीय विवरणअनुसार सुनचाँदीसँग सम्बन्धित सम्पत्तिमा राम्रै लगानी गरेको देखिन्छ । राष्ट्र बैंकको कुल सम्पत्ति विवरण हेर्दा सुन प्रमाणपत्रको लगानीमा ठूलो वृद्धि देखिन्छ ।
यस अवधिसम्म सुन प्रमाणपत्रको मात्रै लगानी एक खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी छ । यो तथ्यांक गत असार मसान्तसम्म (लेखापरीक्षण गरिएको)को लगानी एक खर्ब १८ अर्ब १९ करोड ३५ लाख रुपैयाँको तुलनामा ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँले बढी हो ।
गत असारको तुलनामा चार महिनामा राष्ट्र बैंकले थप २८ प्रतिशत सुन खरिद गरी ढुकुटीमा थपेको छ । त्यस्तै, गत आव २०८१/८२को तुलनामा ७५.२० प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्ममा राष्ट्र बैंकले सुन प्रमाणपत्रमा मात्रै करिब ८७ अर्ब ३१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको थियो ।
यसअनुरूप एक वर्षको अन्तरमा थप ६५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँबराबरको सुन किनेको राष्ट्र बैंकले बताएको छ ।
सुनका गहना (भौतिक सुन) किनेर सन्दुकमा राख्नुभन्दा सुनको सेयर बजारमा लगानी (सुन प्रमाणपत्र) बढाएको राष्ट्र बैंकले जनाएको छ । जसले गर्दा बजारमा तरलता कायम राख्न र जोखिम कम गर्न मद्दत पुग्ने देखिन्छ ।
सञ्चिति थुप्रिएर २९ खर्ब नाघेपछि सुनमा लगानी
एकातर्फ, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै रेमिट्यान्समा पनि महिनैपिच्छे उल्लेख्य वृद्धि भइरहेको छ । अर्कातर्फ, पूर्वाधारजस्ता विकास निर्माणका गतिविधिले खासै गति लिन नसक्दा यस्ता वस्तुको आयात कम छ ।
जसका कारण समग्र आयात उपभोग्य वस्तुबाहेक अरूमा खासै बढ्न सकेको छैन ।
परिणामस्वरुप यस्तोमा खर्चिने विदेशी मुद्रा नबढ्दा गत असोजसम्ममा विदेशी विनिमय सञ्चिति थुप्रिएर २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातमा ४८.८ प्रतिशत हो ।
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल सञ्चिति अहिले ११.३ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ । कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा २६ खर्ब ६७ अर्ब ७० करोड र बैंक तथा वित्तीय संस्था तीन खर्ब १२ अर्ब १० करोड कायम छ ।
उक्त सञ्चितिले वर्ष २०८२–८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
अहिले भएको पर्याप्त सञ्चितिले १६.४ महिनाको आयात धान्न सक्ने स्थिति भएकाले आवश्यकभन्दा बढी सञ्चितिलाई राष्ट्र बैंकले सुन किन्नमा प्रयोग गरेको सहप्रवक्ता सुमन न्यौपाने बताउँछन् ।
सञ्चिति बढे पनि पुँजीगत खर्चलगायतका अन्य क्रियाकलाप नहुँदा सधैँ सञ्चिति मात्रै थुप्रिएर बस्नु राम्रो नहुने विज्ञहरूको तर्क छ । यद्यपि, राष्ट्र बैंकले यसरी थुप्रिएको सञ्चितिलाई अन्तर्राष्ट्रिय बजारमै लगानी गर्ने गर्छ ।
राष्ट्र बैंकको आम्दानीको मुख्य अंश नै विदेशी मुद्रा सञ्चितिलाई लगानी गर्नु हो । गत आवमा राष्ट्र बैंकले नेपाल सरकारलाई करिब ४२ अर्ब रुपैयाँ (नाफाको ठूलो अंश) बुझाएको थियो ।
सुनचाँदीमा मात्रै दुई खर्ब १० अर्ब लगानी
अन्तर्रष्ट्रिय बजारमा सुन प्रमाणपत्रमा लगानी गरेसँगै स्थानीय सुनचाँदीमा गरेको लगानीसमेत जोड्दा हालसम्म (कात्तिक मसान्तसम्म)मा सुनमा कुल लगानी दुई खर्ब १० अर्ब २९ करोड रुपैयाँहाराहारी पुगेको छ । यद्यपि, बैंकको भौतिक सुन र चाँदी सम्पत्ति तथा व्यापारिक मौज्दात (इन्भेन्टोरिज) को लगानी भने सामान्य छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता न्यौपाने राष्ट्र बैंकको यस्तो लगानी विशेषगरी पोर्टफोलियो विविधीकरण रणनीतिको एक हिस्साका रूपमा व्यवस्थापन गरिएको बताउँछन् । यो वृद्धिले बैंकले सञ्चिति विविधीकरण गर्ने क्रममा गोल्ड सर्टिफिकेट (सुनको प्रतिनिधित्व गर्ने वित्तीय उपकरण)मा आफ्नो लगानी विस्तार गरेको उनको भनाइ छ ।
यता, राष्ट्र बैंकको स्थानीय मुद्रा सम्पत्तिअन्तर्गत भौतिक सुनचाँदीमा भने बैंकको स्थानीय मुद्रा सम्पत्तिअन्तर्गत राखिएको भौतिक सुन र चाँदीको मूल्यमा भने खासै परिवर्तन भएको छैन ।
चालु आवको कात्तिक मसान्तसम्म सुनचाँदी सम्पत्तिको कुल मूल्य ५५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ छ ।
यो मूल्य गत असार मसान्तसम्ममा रहेको ५५ अर्ब ४१ करोड ६५ लाखसँग लगभग बराबर छ, जसले गर्दा यो अवधिमा भौतिक रूपमा राखिएको सुन तथा चाँदीको मौज्दातमा ठूलो हेरफेर नभएको देखिन्छ ।
यससँगै, राष्ट्र बैंकको स्थानीय मुद्रा सम्पत्तिअन्तर्गत मौज्दात (इन्भेन्टोरिज) शीर्षकमा राखिएको व्यापारिक सुनचाँदीको मूल्यमा सामान्य गिरावट आउँदा चालु आवको कात्तिकसम्म एक अर्ब ९० करोड ३९ लाख रुपैयाँ मौज्दात छ । जबकि गत असारसम्म यस्तो मौज्दात १९ अर्ब २२ करोड ३० लाख रुपैयाँ थियो ।

सुन खरिदमा मूल्यको फेरबदलबारे जानकारी दिँदै सहायक प्रवक्ता न्यौपाने भन्छन्, “कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार सुनको कुल भ्यालु एक खर्ब ५१ अर्ब देखाएको छ । जबकि, असार मसान्तमा यो एक खर्ब १८ अर्ब थियो । यद्यपि, यो भ्यालुमा आएको परिवर्तन सुनको खरिद मात्र नभई अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण महँगो परेकाले कुल मूल्यांकन परिवर्तन भएको हो ।” अहिलेको सुन लगानी टक्सारबाट बनाउने सिक्काजस्ता सबै जोड्दा कुल दुई खर्बभन्दा बढी हुन आउने उनले जानकारी दिए ।

राष्ट्र बैंक किन गर्छ सुनमा लगानी ?

राष्ट्र बैंकले सुनमा लगानी गर्नुको मुख्य कारण पोर्टफोलियो विविधीकरण हो । सहप्रवक्ता न्यौपानेका अनुसार विदेशी सम्पत्ति व्यवस्थापन गर्दा सबैभन्दा पहिले तरलता सुनिश्चित गर्नुपर्ने हुन्छ ।

आयात गर्न पैसा आवश्यक पर्ने भएकाले नगद तथा बैंक ब्यालेन्स लिक्विडिटी (तरलता)का लागि राखिन्छ ।

“नियमित आवश्यकताभन्दा बढी भएको सञ्चिति रकम प्रतिफल प्राप्त गर्नका लागि लगानी गरिन्छ । यही क्रममा, टर्म डिपोजिट, विदेशी सेक्युरिटीज र सुनमा मिश्रण गरेर लगानी गरिएको हुन्छ । यो व्यवस्थापनलाई पोर्टफोलियो व्यवस्थापन भनिन्छ ।”

सम्पत्तिको उपयोगिताबाटै सरकारलाई ४२ अर्ब आम्दानी

राष्ट्र बैंकले सुनको लगानी नाफा कमाउने उद्देश्यले मात्र नभई पोर्टफोलियो म्यानेजमेन्ट र विविधीकरणका लागि गरेको हो । तरलतामा कमी आएमा वा देशको चालु खाता निरन्तर ऋणात्मक हुँदै गएमा यो सम्पत्ति आवश्यकताअनुसार बेच्न सकिन्छ ।

यसले सरकारको ऋण तिर्न वा अन्य आवश्यक खर्च जुटाउन सहयोग पुग्छ । तर, हालको अवस्थामा त्यस्तो आवश्यकता नदेखिएको सहप्रवक्ता न्यौपानेको भनाइ छ । राष्ट्र बैंकले सुनसँगै विभिन्न सेक्युरिटीमा गर्ने लगानी कात्तिक मसान्तसम्म उल्लेख्य वृद्धि भएको देखिन्छ ।

बैंकको वित्तीय विवरण विश्लेषण गर्दा, विशेषगरी विदेशी मुद्रा सञ्चिति र जगेडा कोषमा सुधार आएको देखिएको छ । राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्वको योगफल ३० खर्ब २९ अर्ब ७० करोड १९ लाख रुपैयाँ पुगेको छ ।

यो तथ्यांक असार मसान्त २०८२ को लेखापरीक्षण गरिएको कुल सम्पत्ति २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ३९ हजार रुपैयाँको तुलनामा निकै बढी हो ।

तथापि, यसबीच विदेशी मुद्रा सम्पत्तिमा फड्को मारेको देखिन्छ । राष्ट्र बैंकको कुल सम्पत्ति वृद्धिमा विदेशी मुद्राको योगदान सबैभन्दा महत्त्वपूर्ण छ । हालसम्म कुल विदेशी मुद्रा सम्पत्ति २९ खर्ब १५ अर्ब २६ करोड ११ लाख २९ हजार रुपैयाँ रहेको छ ।

विदेशी मुद्रा सम्पत्तिभित्र पनि विदेशी सेक्युरिटीमा राष्ट्र बैंकको लगानी बढेर १८ खर्ब ३४ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यस्तै, विदेशी बैंकहरूमा राखिएको मुद्दती निक्षेप पनि उल्लेख्य वृद्धि भई कात्तिकसम्म सात खर्ब १३ अर्ब १९ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यता, आईएमएफसँग सम्बन्धित सम्पत्ति पनि सामान्य वृद्धि भई २३ अर्ब ९३ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँगको नगद र ब्यालेन्स भने १९ खर्ब चार अर्ब ४२ करोड २६ लाख रुपैयाँमा छ । गत असारको तुलनामा सामान्य कमी आएको छ ।

यता, कुल स्थानीय मुद्रा सम्पत्ति एक खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

यसअन्तर्गत अन्य ऋण तथा ‘पेस्की’मा ठूलो वृद्धि देखिएको छ । जुन कात्तिक मसान्तसम्म १९ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, सरकारी सेक्युरिटीमा लगानी १५ अर्ब १३ करोड ९५ लाख ७४ हजार रुपैयाँ छ ।

यसरी राष्ट्र बैंकले उक्त सम्पत्तिमा गरेको लगानीबाट आएको प्रतिफल सरकारको खातामा पठाउने गर्छ । यसैकारण गत आवको सम्पत्ति व्यवस्थापनबाट भएको प्रतिफल राष्ट्र बैंकले विभिन्न कोषमा राखेर बाँकी भएको करिब ४२ अर्ब रुपैयाँ सरकारलाई दिएको थियो ।

मुद्रा निष्कासनमा सम्पत्ति धितो जरुरी

यी सबै सम्पत्तिहरू (सुन र विदेशी लगानी) राष्ट्र बैंकले मुद्रा निष्कासन गर्दा धितोका रूपमा पनि राख्न सक्छ, जसले केन्द्रीय बैंकको वित्तीय ‘ब्याकअप’को काम गर्छ । राष्ट्र बैंकले हालसम्म जति पनि नोट जारी गर्दै आएको छ, त्यसका लागि उक्त सम्पत्ति धितो राखिन्छ । यो अन्तर्राष्ट्रियस्तरमा अनिवार्य अभ्यास हो ।

Advertisement Banner
Previous Post

रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

Next Post

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

Editorial Team

Editorial Team

Next Post
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

Recommended

NRB reports stable economy with forex reserves at USD 21.52 billion

Nepal Rastra Bank Bond attracts Rs 1.22 trillion in subscriptions

8 months ago
Nepali Congress President Gagan Thapa Resigns

Nepali Congress central committee turns down Gagan Thapa’s resignation

6 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.