Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

क्यानभासमा  समृद्धका सपना  

himalaya Diary News Service by himalaya Diary News Service
May 4, 2022
in Entertainment, Literary Festival & Event, Literature, Nepal
0
क्यानभासमा  समृद्धका सपना  
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

२० वैशाख, काठमाडौँ—क्यानभासमा चित्रित समृद्ध मखियाका सपनाहरु प्रदर्शनमा राखिएका छन् ।  समृद्ध मुखियाको बाल्यकाल बाबु टेकवीर मुखियाका कलाकृति हेरेर बित्यो । बाबुले सिर्जना गरेका आवरण चित्र, मुहार चित्र तथा अन्य थुप्रै कलाकृतिहरू नियालेका उनले आफू पनि त्यही बाटो पछ्याउँछु भनेर सोचेका थिएनन् ।

जब स्कुले बेला बित्यो, उनी अनायसै कलासँग जोडिए । मान्छे, मनोविज्ञान, सामाजिक परिधि, राजनीतिका विविध पक्ष मिहीन ढंगले केलाउन थाले । आफूले कोर्ने विषय खोज्दै गए । फलतः उनका सिर्जना शक्तिशाली बनेका देखिए ।

समृद्धका तिनै सिर्जना ‘सपना’ शीर्षकमा राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनमा छ । मंगलबार सुरु भएको प्रदर्शनीमा समाज, धर्म, राजनीति, प्रविधि, शिक्षाका विविध पक्षहरू मिहिनरूपमा चित्रित छन् । छोराको प्रदर्शनी उद्घाटन गर्न ८९ वर्षीय टेकवीर मुखिया आफैं बबरमहल ग्यालरीमा उपस्थित भए । आधा शताब्दी साझा प्रकाशनमा कला प्रमुखका रूपमा काम गरेका मुखियाले मुनामदन, बसाइँ, गौरी, मालतीमंगले आदि चर्चित कृतिका आवरण बनाएका हुन् । संविधानसभा सदस्य, प्रतिनिधिसभा सांसदको लोगो पनि उनले नै डिजाइन गरेका हुन् ।

एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका समृद्धले अधिकांश चित्र उतै बसेर सिर्जना गरेका छन् । केही चित्र मात्र नेपालमा कोरिएको उनले बताए । अमेरिकामा नै दर्जनको हाराहारी प्रदर्शनीहरूमा सहभागी भइसकेका उनको नेपालमा भने यो पहिलो एकल प्रदर्शनी हो । प्रदर्शनीमा राखिएका कृतिहरूमा समृद्धले मानसिक स्वास्थ्यदेखि शिक्षा, राजनीतिक प्रणालीहरूलाई उठान गरेका छन् । जब मानिस डिप्रेसनको सिकार हुन्छन्, के के सोच्छन्, त्यो उनको चित्रमा छ । ‘सपना’ शीर्षकको चित्रमा मीठो निद्रामा देखिने दृश्यलाई गहन रूपमा पस्केका छन् । हावा लागिरहेको, चरा उडिरहेको, त्यसैमा देखिएका इनार, रूखबिरुवा बिम्बात्मक छन् । रूखबिरुवालाई उनी सहारा र इनारलाई केही खुसी पाउन अर्को वस्तुसँग जोडिनुपर्ने बिम्बका रूपमा लिन्छन् । ‘सिम्फोनी’ शीर्षक चित्रमा प्रविधिको गतिमा दौडिरहेका मान्छेलाई देखाएका छन् । धर्म, ऐननियम, राजनीतिक प्रवत्ति पनि चित्र छ । आजका मान्छे जुनसुकै भूगोलमा बसे पनि प्रविधि, धर्म, कानुनले बाँधिएको छ । ती सबै पक्षलाई राजनीतिले अगुवाइ गरेकाले सतहमा बस्ने सामान्य गर्व गर्नुपर्ने उनले सुनाए ।

‘सत्य’ सिरिजमा मान्छको जीवनचक्र देखाउने कोसिस गरेका छन् । ‘मन्त्र’ सिरिजमा भने उनले मानव भएर समाजमा बाँच्न चाहिने हरेक तत्त्वहरूलाई समावेश गरेका छन् । मुहारमा विभिन्न प्रकारमा हातहरू चित्रित भएको उनको चित्र निकै कलात्मक लाग्छ । एउटा हातमा भने सुकेको फूल देखाएका छन् । जसलाई उनी मान्छेको अन्त्यसम्म पनि कसै न कसैको साथ, सहयोग र कोही कसैसँग जोडिने, जोडिन आउने सम्बन्धका रूपमा व्याख्या गर्छन् । उनले टाउको बिनाको मानव आकृतिहरू बनाएका छन्, जसमा एउटामा घनबाहेक सबैमा किला ठोकिएको देखाएका छन् । यसमार्फत शिक्षा प्रणालीलाई व्यंग्य गरिएको उनले प्रस्ट्याए । घनलाई शिक्षक र किला अंकित बिम्बलाई उनले विद्यार्थीका रूपमा अर्थ्याएका छन् । सबै किलाहरू समान रूपमा दबिएका देखिँदैनन् । सबैलाई समान रूपमा शिक्षा र शिक्षण प्रणाली लागू गर्न सकिँदैन भन्ने तथ्य चित्रमा छ । प्रविधिसँगै दौडेको समाजलाई मानिसको अस्तित्व कालान्तरमा कस्तो होला भन्ने संकेतसमेत उनले गरेका छन् । आफ्ना सिर्जनाहरूले समाजमा प्रश्न गर्ने वातावरण बनोस् भन्ने उनी चाहन्छन् । उनले भने, ‘यी सबै आर्टहरूले समाजका भावना समेटिऊन् र महसुस गरेर प्रश्न गर्ने वातावरण बनोस् भन्ने मेरो सोचाइ हो ।’

कलम र मसीको माध्यममा सिर्जना भएका छोराका कलाकृतिहरू अवलोकन गर्दै मुखियाले उत्कृष्ट रहेको धारणा राखे । उनले भने, ‘धेरै राम्रो काम गरेको छ । मेरोभन्दा राम्रा छन् । म त अझ यस्तो गर्न सक्दिनँ होला ।’ प्रदर्शनी जेठ १० सम्म जारी रहनेछ ।

Advertisement Banner
Previous Post

शशीभित्रको कवि र कविता

Next Post

Domestic Terminal of Nepal’s Tribhuvan International Airport vacated over potential bomb threat

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Domestic Terminal of Nepal’s Tribhuvan International Airport vacated over potential bomb threat

Domestic Terminal of Nepal’s Tribhuvan International Airport vacated over potential bomb threat

Recommended

सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

3 months ago
Nearly 300,000 foreign tourists visit Annapurna region

Nearly 300,000 foreign tourists visit Annapurna region

4 months ago

Don't Miss

Suzuki eVitara booking now open with starting price 49,99,000

Suzuki eVitara booking now open with starting price 49,99,000

March 25, 2026
Nepal Government to make Gen-Z protest probe report public

Nepal Government to make Gen-Z protest probe report public

March 25, 2026
Nepal Govt decided to cut fuel prices substantially amid growing public pressure over rising prices

Nepal Oil Corporation hikes petrol and diesel price by Rs. 15

March 25, 2026
US Proposes 15-point Plan to End War with Iran as Tehran Continues to Attack Several Gulf Countries

US Proposes 15-point Plan to End War with Iran as Tehran Continues to Attack Several Gulf Countries

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.