१९ जेठ काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक समारोह माझ मुक्तककार नवराज कार्कीको मुक्तकसंग्रह ‘सधैँ सधैँ’सार्वजनिक भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, गीतकार तथा चलचित्र सर्जक यादव खरेल लगायतले कार्कीको कृति सार्वजनिक गरका थिए ।
आफ्नो मन्तव्यमा स्रष्टा यादव खरेलले दशकदेखि सुरु भएको मुक्तक लेखन आज समृद्ध विधा भएको विचार व्यक्त गरे । उनले भीमदर्शन रोका, टेकबहादुर नवीन, रत्नशमशेर थापा, कृष्णप्रसाद पराजुलीलगायतले यस विधालाई मलजल गरेको उल्लेख गर्दै यसै कारण पनि मुक्तक आज जनप्रिय विधा भएको कुरामा जोड दिए ।
कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समालोचकीय टिप्पणी गरका थिए ।
नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष रामकाजी कोनेले मुक्तक लेखनमा एकरूपता आओस् भनेरै चतुश्पदीय मुक्तक लेख्नुपर्ने भनिएको बताए ।
कार्यक्रममा कृतिकार नवराज कार्की, संगीतकार दीपक जंगम, रमेश पौडेल, यादव भट्टराईले मुक्तकका विषयमा बोलका थिए । उक्त अवसरमा अशेष मल्ल, राजेन्द्र शलभ र मोमिलाले नवराज कार्कीका केही मुक्तकहरू वाचन गरेका थिए भने कार्यक्रम सञ्चालन यादव भट्टराईले गरेका थिए ।
Comments are closed.