Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

नाडाका नवनिर्वाचित पदाधिकारीको पदभार तथा शपथ कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
March 13, 2026
in Business, Nepal, News
0
नाडाका नवनिर्वाचित पदाधिकारीको पदभार तथा शपथ कार्यक्रम सम्पन्न
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का नवनिर्वाचित पदाधिकारीको पदभार हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । विहिबार नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमा उप्रेतीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन् । सो अवसरमा चौधरीले उप्रेतीलाई सफल कार्यकालको शुभकामना दिँदै नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान र मूल्य-मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले अटोमोबाइल व्यवसायीहरूको हकहित संरक्षण, क्षेत्रको विकास तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखेका थिए ।
उक्त बैठकमै अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ अनुसार महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । उनले मनोनित सदस्यलाई स्वागत गर्दै आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमा पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय पनि गरेको छ । आगामी दिनमा अटोमोबाइल क्षेत्रको विकास, व्यवसायीहरूको हित संरक्षण र नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।

Advertisement Banner
Previous Post

अमेरिका र इजरायलसँग जारी युद्धका कारण ३२ लाख इरानीले छोडे देश

Next Post

इजरायली आक्रमणबाट लेबनानमा ६८७ जनाले गुमाए ज्यान

Editorial Team

Editorial Team

Next Post
इजरायली आक्रमणबाट लेबनानमा ६८७ जनाले गुमाए ज्यान

इजरायली आक्रमणबाट लेबनानमा ६८७ जनाले गुमाए ज्यान

Recommended

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिकमा बालेनले गरे माल्यार्पण

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिकमा बालेनले गरे माल्यार्पण

2 months ago
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

NEPSE drops 10.25 points as turnover reaches Rs 11.66 billion

2 months ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.