Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News, Politics
0
रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा निवर्तमान सांसद असिम साहले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको भेटवार्तालाई ‘सुखद’ र ‘आशाको शुरूआत’को संज्ञा दिएका छन् ।
सोमबार राति करिब सात घण्टा चलेको छलफलपछि राति १ः३६ बजे सामाजिक सञ्जालमा पोस्ट गर्दै साहले लेखेका छन्, ‘रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’
साहकै पहलमा भेटको चाँजोपाँजो मिलाइएको बताइएको छ। भेट साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा भएको थियो। छलफलपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए, जसलाई रास्वपाका नेताहरूले अर्थपूर्ण संकेतका रूपमा लिएका छन्।
यद्यपि, भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे दुवै पक्षले औपचारिक रूपमा केही खुलाएका छैनन्। बालेनको टिमले पनि भेटका विषयमा प्रतिक्रिया दिएको छैन।सहकारी ठगी प्रकरणमा जेल बसेर बिगो बराबरको रकम बुझाएपछि रिहा भएका रवि लामिछानेले पछिल्ला दिनमा राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।आइतबार उनले प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरूसँग बालुवाटारमा पार्टी नेतासहित भेट गरेका थिए। प्रधानमन्त्री कार्कीसँग पनि भेटवार्ता समेत भएको थियो ।

Advertisement Banner
Previous Post

कसैलाई काखा, कसैलाई पाखा गरे परिणाम अप्रिय हुनसक्छ: ईश्वर पोखरेल

Next Post

राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन : प्रधानमन्त्री

Editorial Team

Editorial Team

Next Post
राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन  : प्रधानमन्त्री

राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन : प्रधानमन्त्री

Recommended

वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाहरुको अभिनन्दन

वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाहरुको अभिनन्दन

4 months ago
मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

3 weeks ago

Don't Miss

Nepal Eases Entry Fee Rules for Upper Mustang Tourists

Mustang allocates Rs 23 million for tourism development

March 25, 2026
Bird flu outbreak puts Jhapa and Morang on high alert

Bird flu outbreak puts Jhapa and Morang on high alert

March 25, 2026
Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal: Ministries told to submit budget plans by March 29

March 25, 2026
NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE extends gains with 23.83-point rise

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.