Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Health & medicine

उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन

Editorial Team by Editorial Team
December 17, 2025
in Health & medicine, Nepal, News
0
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- उपेक्षित उष्णप्रदेशीय रोग सम्बन्धी बुटवलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ । उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।
सरकारले उपेक्षित रोगलाई प्रथामिकतामा राख्न नसक्दा बेला बेलामा जनस्वास्थ्यको समस्याका रूपमा देखापर्ने गरेको छ । जलवायु परिवर्तन र सरकारले बेवास्ता गरेकै कारण नेपालमा उन्मूलन भइसकेको भनिएको कालाजार, औलोलगायत रोगहरू बेला–बेला जनस्वास्थ्यका समस्याका रूपमा देखिने गरेको बताइएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्रको साझेदारीमा संञ्चालित प्रेरणा परियोजना अन्तरगतको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
अन्तरक्रियामा वोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगको वर्तमान अवस्था प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने प्राथमिकता, चुनौती र सुधारका क्षेत्रबारे जानकारी गराइन् । उनले समयमै रोग पहिचान, उपचार पहुँच विस्तार र जनचेतनालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेयले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा उपेक्षित उष्णप्रदेशीय रोगको अवस्था, हाल भइरहेका कार्यक्रम तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी गराए ।

उनले यी रोगहरू गरिब तथा सीमान्तकृत समुदायमा बढी देखिने भएकाले लक्षित कार्यक्रम आवश्यक रहेको वताए । उनले संघीय सरकारले बिनियोजन गरेको बजेटमात्र कार्यक्रम भैरहेको बताउदै प्रदेश र स्थानिय सरकारले पनि त्यसलाई ध्यान दिनु पर्ने बताए ।
इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डेयले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा संस्थाले गर्दै आएका गतिविधिबारे स्वागत मन्तव्य राख्दै सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी र समुदायबीच सहकार्य आवश्यक रहेको वताए ।
त्यसैगरी परियोजनाका टेक्निकल अधिकृत अपार शर्माले परियोजनाअन्तर्गत हालसम्म गरिएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै सञ्चार माध्यमको भूमिका निर्णायक हुने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अस्मिना पाण्डेले स्वास्थ्य कार्यालय तथा विभिन्न परियोजनाहरूले आफूहरूले गरेका गतिविधि र उपलब्धिहरूबारे सञ्चारकर्मीहरूलाई समय–समयमा जानकारी गराउनुपर्ने बताइन् ।
उनले सूचना आदान–प्रदान प्रभावकारी भएमा जनचेतना अभिवृद्धि हुने उल्लेख गर्दै, स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई सफल बनाउन सञ्चारकर्मीहरू सहकार्यका लागि सधैं तयार रहेको स्पष्ट पारिन् ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा तथ्यपरक समाचार सम्प्रेषण, जनचेतनामूलक सामग्री प्रकाशन तथा समुदायसम्म सन्देश पु¥याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा फेयरमेड फाउन्डेसन नेपालका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन विषयविज्ञ तुल्सीराम खनालले पनि विभिन्न विषयमा प्रकाश पारेका थिए ।

यो कस्तो रोग हो ?
उपेक्षित रोग भन्नाले सामान्यतः सबै तहबाट बेवास्ता गरिएका रोग भनेर बुझिन्छ । उपेक्षित रोग गर्मी देशमा देखिने गर्छ । विश्व स्वास्थ्य सङ्गठनले २१ प्रकारका रोगलाई उपेक्षित रोगको सूचीमा सूचीकृत गरेको छ ।
यी रोगहरूले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी मानिसलाई असर पर्ने तथ्याङ्कमा उल्लेख छ । सरुवारोग विशेषज्ञका अनुसार यी रोगहरू विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले लाग्ने गर्छन् ।
सरसफाइको कमी र रोगबाहेक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरहरु र पशुहरूसँग नजिकको सम्पर्कमा रहने व्यक्ति, प्रायःजसो गरिबीको रेखामुनि रहेका मानिस बढी जोखिममा रहने चिकित्सक बताउछन् ।
नेपालमा पाइने ११ वटा उपेक्षित रोगमा डेंगु र चिकेनगुनिया, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुका, सर्पदंश, लुतो अन्य इक्टोपारासाइट, हात्तीपाइले, फित्तेजुका र न्युरोस्टाइसर्कोसिस, कालाजार, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस र अन्य डीप माइक्रोसेस पर्छन् ।

उपेक्षित रोगको अवस्था

कालाजार
पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्यामा ९० प्रतिशतले कमी आएको छ । सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल निवारणको लक्ष्यतर्फ उन्मुख छ ।

कुष्ठरोग
सन् २०१० मा राष्ट्रिय स्तरबाट जनसङ्ख्या समस्याको रूपमा निवारणको घोषण गरिसकेको छ । आर्थिक वर्ष २०८१÷८२ मा राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रिभ्यालेन्स दर प्रति दस हजार जनसङ्ख्या ०.९२ रहेको र दुई हजार ४७२ नयाँ कुष्ठरोगका बिरामी पहिचान भएका थिए ।

हात्तीपाइले
६४ वटा हात्तीपाइलेको आम औषधी सेवन गरी ५३ वटा जिल्लामा सङ्क्रमणदरको अध्ययन गरी आम औषधी सेवन कार्यक्रम बन्द गरिसकिएको छ । ५८ जिल्लाबाट हात्तीपाइलेका बिरामी भए नभएको तथ्याङ्क सङ्कलन गरिएको छ । हालसम्म हात्तीपाइलेको कारणबाट ४७ हजार ८८६ जनामा शारीरिक समस्या भएको तथ्याङ्कमा उल्लेख छ ।

डेंगु
सन् २००४ मा डेंगुको पहिलो केस पुष्टि भएको देखिएयता प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो छ । सन् २०२४ मा ७६ वटा जिल्लाबाट डेंगु प्रतिवेदन भएको र देशभर ४१ हजार ८६५ व्यक्तिमा सङ्क्रमण भई १५ जनाको मृत्यु भएको थियो । सरकारले डेंगु रोकथाम तथा नियन्त्रणको लक्ष्य लिएको छ ।
रेबिज
नेपालले कुकुरको टोइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पु¥याउने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा जनावरको टोकाइबाट अस्पताल आउने बिरामीको सङ्ख्या दुई लाख १८ हजार ४८२ प्रतिवेदन भएको छ । नेपालले कुकुरको टोकाइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पु¥याउने लक्ष्य राखेको छ ।
सर्पदंश
आर्थिक वर्ष २०८१÷८२ मा आठ हजार१८१ सर्पदंशका केसहरू पुष्टि भएका थिए । जसमध्ये एक हजार ४८८ व्यक्तिलाई विषालु सर्पले डसेको थियो । देशभर ११० वटा केन्द्रमार्फत सर्पदंशको उपचार हुने गरेको छ । सर्पदंशलाई नियन्त्रण गर्ने सरकारले लक्ष्य लिएको छ ।
माटोबाट सर्ने जुका
सरकारले माटोबाट सर्ने जुका नियन्त्रण गर्ने निर्णय लिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा पाँच लाख ४३ हजारभन्दा बढीमा जुकाको सङ्क्रमण देखिएको छ।
ट्रकोमा
सरकारले ट्रकोमालाई जनस्वास्थ्य समस्याको रूपबाट निवारण गरिसकेको छ ।

Advertisement Banner
Previous Post

पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

Next Post

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

Editorial Team

Editorial Team

Next Post
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

Recommended

एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

9 months ago
साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.