Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

Editorial Team by Editorial Team
December 17, 2025
in Nepal, News
0
पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ।
हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्रै छ ।
यस्तै कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटरसम्म भिजिबिलिटी छ । मोरङको विराटनगरमा १ हजार, बाँकेको नेपालगञ्जमा १ हजार २ सय र काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी छ । दिउँसोपख हुस्सु कुहिरो क्रमश: घट्दै जाने मौसमविद महर्जन बताउँछिन् ।
मौसमविदहरुका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र कम भएमा कुहिरो भनिन्छ । यसको अर्थ हुस्सुभन्दा कुहिरो बाक्लो हुन्छ । हुस्सु–कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडो महसुस हुने गर्दछ ।
आज बिहान ५:४५ मा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै घटबढ भएको छैन ।
धनगढीमा हिजो दिउँसो पौने तीन बजेसम्म पनि भिजिबिलिटी १५ सय मिटर मात्र थियो । सोमबार बेलुकादेखि नै धनगढीमा हुस्सु लगेर हवाई यात्रा प्रभावित भएको थियो ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तर आज राति र भोलि पश्चिम नेपालमा हल्का बादल लाग्ने सम्भावना छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

Advertisement Banner
Previous Post

भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गर्दै सरकार

Next Post

उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन

Editorial Team

Editorial Team

Next Post
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन

उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन

Recommended

NPL 2025: Sudurpaschim secure third straight win, led by player of the match Airee

NPL 2025: Sudurpaschim secure third straight win, led by player of the match Airee

5 months ago
Sri Lankan Ambassador calls on Nepal PM Karki

Sri Lankan Ambassador calls on Nepal PM Karki

2 months ago

Don't Miss

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

April 16, 2026
साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

April 16, 2026
पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

April 16, 2026
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

April 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.