Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव सम्पन्न

अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्दै

Editorial Team by Editorial Team
April 6, 2026
in Nepal, News
0
नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन समेत गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई Electroconvulsive Therapy (ECT) मेसिन हस्तान्तरण गर्नुभयो । साथै उहाँले अस्पतालको वर्ष भरिका विविध गतिविधि, उपलब्धी, सेवा प्रवाह र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण- २०८२’ को लोकार्पण समेत गर्नुभयो । सो अवसरमा उहाँले विशेषज्ञ चिकित्सकहरू तथा नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरू लगायतलाई कदरपत्र प्रदान गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पुर्‍याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गर्नुभएको भूमिका तथा योगदानको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारीहरूमा सांगठनिक उद्देश्य प्राप्तिका लागि जोखिमको समाना गर्ने आँट र हिम्मत प्रहरी कर्मचारी तथा तिनका परिवारजनले संगठनबाट प्राप्त गर्ने सेवा र सुविधाको गुणस्तरसँग प्रत्यक्ष जोडिएको हुँदा यसतर्फ विशेष सजगता अपनाई चिकित्सक र सेवाग्राहीबीच भावनात्मक सम्बन्धको विकास गर्दै आत्मीय व्यवहारका साथ अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले नयाँ जनादेश प्राप्त सरकारबाट सुशासन, पारदर्शीता र प्रभावकारी सेवा प्रवाहलाई विशेष प्राथमिकता दिइएको सन्दर्भमा नेपाल प्रहरी अस्पतालले पनि आफ्नो सेवा प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र उत्तरदायी बनाई दायित्व वहन गर्ने विश्वास लिएको बताउनुभयो । प्रहरीको दैनिक जीवनशैली र काम कारबाही आफैमा संवेदनशील एवम् शारीरिक तथा मानसिक रूपमा जोखिमपूर्ण रहेको र कार्यबोझ समेत धेरै हुने हुँदा स्वास्थ्य सम्बन्धी सबै गुनासोहरूलाई उचित सम्बोधन गरी अस्पतालले सम्पूर्ण दृष्टिकोणबाट सेवाग्राहीमैत्री, व्यावसायिक र उच्च गुणस्तरीय सेवा प्रवाह गर्न जरूरी रहेको उहँले बताउनुभयो । विगतमा देखिएका कमि कमजोरीहरूलाई सुधार गर्दै आगामी दिनमा अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्दै अस्पतालको स्तरोन्नती र दीर्घकालीन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती नविना कार्कीले टिभि र ईसिजि मेसिन अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीम कुमारी पाण्डेलाई हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गर्नुभएको थियो ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको बताउनुभयो ।
नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू, भिजिटिङ कन्सल्टेन्टहरू, समाजसेवी लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

महान्यायाधिवक्तामा नारायणदत्त कँडेल नियुक्त

Next Post

उपल्लो मुस्ताङमा २१ भेडाच्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरे

Editorial Team

Editorial Team

Next Post
उपल्लो मुस्ताङमा २१ भेडाच्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरे

उपल्लो मुस्ताङमा २१ भेडाच्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरे

Discussion about this post

Recommended

चिसोले तराइको जीवन कष्टकर

चिसोले तराइको जीवन कष्टकर

4 months ago
India Embassy hosts pre-summit event on AI for Inclusive Growth in Kathmandu

India Embassy hosts pre-summit event on AI for Inclusive Growth in Kathmandu

4 months ago

Don't Miss

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

April 6, 2026
अमेरिका र इरानबीच  छलफल: ४५ दिने युद्धविरामको सम्भावना

अमेरिका र इरानबीच छलफल: ४५ दिने युद्धविरामको सम्भावना

April 6, 2026
अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

April 6, 2026
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

April 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.