काठमाडौँ — राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
कांग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षर चल्ने गरी आयोगमा दल दर्ता गरेको हो । केन्द्रीय कार्यसमितिको असोज २८ को बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।त्यसबेला उनले पुन: सक्रिय राजनीति नगर्ने सन्देश पनि दिएका थिए । तर आज दल दर्ता गर्दा सभापति देउवाकै नाम कांग्रेसले अघि बढाएको छ ।
यसले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि टिकट वितरणमा देउवाले आफ्नो सक्रियता देखाउन सक्ने एक केन्द्रीय सदस्यले बताए ।






