काठमाडौं – नइ एकेडेमीले आयोजना गरेको ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ सहभागी प्राज्ञहरूको मन्तव्यपछि सकिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा एकेडेमीले डा. स्वामी केशवानन्द, डा. मानसाग्नि, सुनीता कार्की, डा. दुबसु क्षेत्री, वसन्तकुमार चौधरी र रामचन्द्र तिमोथीलाई सम्मेलनको मानार्थ सदस्यता प्रदान गरेको छ ।
उक्त अवसरमा एकेडेमीका कुलपति इन्दिरा प्रसाईले समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’ प्रदान गरिन् ।
डा. त्रिपाठीले नेपाल तथा भारतका २६ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’ प्रदान गरे । नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनका साथै ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत योगदान दिएबापत प्राध्यापकहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरिएको एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । उक्त सबै पुरस्कारको राशि जनही ५०/५० हजार रुपैयाँ रहेको छ ।
पुरस्कृत हुनेहरूमा प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. कविता लामा, प्रा. केशव सुवेदी, प्रा.डा. कृष्णराज घतानी, प्रा. खेमराज जोशी (मरणोपरान्त), प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. जङ्गब चौहान, डा. टेकबहादुर छेत्री, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, प्रा.डा. भरतकुमार भट्टराई, प्रा.डा. महादेव अवस्थी, डा. रजनी काफ्ले ढकाल, डा. राजकुमार क्षत्री, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, प्रा. शिवगोपाल रिसाल, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. हर्कबहादुर शाही र संयुक्त रूपमा डा. सञ्जय राई तथा डा. अरुणा राई रहेका छन् ।
समारोहमा डा. त्रिपाठीले डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई जनही २५/२५ हजार रुपैयाँ नगद राशिसहित ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गरे ।
एकेडेमीले ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थका साथै अन्य विविध सामग्रीहरूको छपाइ र सम्पादन कार्यमा योगदान पुर्याउने आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्कीलाई जनही १०/१० हजार रुपैयाँ नगद राशिसहित ‘नइ सेवा पुरस्कार’ प्रदान गरेको छ ।







Discussion about this post