Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

himalaya Diary News Service by himalaya Diary News Service
May 2, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । नेपालयले सुरु गर्न लागेको नयाँ साहित्यिक प्लेटफर्म ‘नेपालय ई-कविता’को संयोजन कवि श्रवण मुकारूङले गर्नेछन् । यो प्लेटफर्ममार्फत् कवि मुकारूङले नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्नेछन् ।

साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेजमार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्युटरमा सिधै उपलब्ध हुनेछन् । हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचनसमेत सुन्न सकिने व्यवस्था छ ।

‘कोरोना महामारीले हाम्रो सामाजिक गतिविधि र स्वछन्द घुमफिरको स्वतन्त्रतालाई चुनौती दिएको महसुस गरायो । अरु सबै क्षेत्र जस्तै यसले, प्रकाशन र पाठकहरू पनि प्रभावित रहे,’ ‘ई–कविता’ को परिकल्पनामाथि प्रकाश पार्दै नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘कला र साहित्यले हामीलाई कठिन समयमा सान्त्वना दिने माध्यमको रूपमा काम गरेको हुन्छ । हामीले क्वारन्टाइनको परिधिमा आफूलाई सिमित गरेसँगै, अनलाइनमा उपलब्ध खुराकमार्फत् धेरैले आफ्नो साहित्यिक भोकलाई व्यवस्थापन गरेको पायौं । कवि, कलाकारहरूले पनि आफ्ना सृजनाहरूलाई सहज रुपमा बाँडे । ती सत्रहरूमा देखिएको जनसहभागिता र चासो उत्साहजनक थियो । तर, यसरी प्रकाशित र प्रसारित हुने सृजनाले सर्जक र पाठक–श्रोता बीच सेतुको काम गरेपनि, व्यवसायिक व्यवस्थापनको टड्कारो आवश्यकताको पनि महसुस भयो ।’

‘ई–कविता’ का संयोजक मुकारुङले पनि यसको परिकल्पना पूर्व लकडाउन ताका, आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए । मुकारुङ भन्छन्- ‘कविता, लामो समयदेखि व्यावसायिक प्रकाशन जगतको प्राथमिकता क्रममा पछाडि रहेको साहित्यिक विधा हो । यस्तो स्थिति सिर्जना हुनुमा, पाठकहरूमा राम्रो कविताप्रति आकर्षण नभएर होइन । बरू, हामीले कविता लेख्ने र प्रकाशित गर्ने कामलाई व्यावसायिक बनाउन नसकेर हो । प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन सँस्कृतिलाई नै नौलो अवसर प्रदान गर्ने कुरामा म आशावादी छु । ‘ई-कविता’ले कविहरूलाई निश्चय पनि गरिमा र सम्मान प्रदान गर्दै सुसुचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुर्‍याउने छ ।’

सार्वजनिक भएको ई-कवितालाई नेपालयको पेजमार्फत भेट्न सकिन्छ । प्राविधिक विकास र व्यवस्थापन थुप्रै डटकमले गरेको नेपालयले जनाएको छ । ‘ई –कविता’को सुरुवात यही वैशाख १७ गते शनिबारदेखि सुरु भएको छ ।

Advertisement Banner
Previous Post

‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

Next Post

रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप

रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप

Recommended

Nepal authorities deploy security forces to clear garbage from Kathmandu

Nepal authorities deploy security forces to clear garbage from Kathmandu

4 years ago
IMF considering Sri Lanka’s request for $200 Million in rapid assistance after cyclone damage

Nepal reaches final IMF ECF review agreement

2 months ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.