भ्रष्टाचार विरुद्द अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको सूचना

हेम-सरिता पाठक फाउन्डेसनले भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने उदेश्यले आज २०७९ चैत ७ गते “विश्व कविता दिवस”को दिन पारेर एक लाख राशिको “भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता”को सूचना जारी गरेको छ ।)

भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०७९ (२०२३)को सूचना :

यस हेम सरिता पाठक फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गर्ने कुरा जानकारी गराइन्छ ।

कविताको विषय सन्दर्भ: भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन रचना पठाउने नियम यसप्रकार छन् :

१. आफ्नो कविता इमेल मार्फत पठाउनुपर्नेछ ।

२. कविता टाइप गरेको हुनुपर्नेछ ।

३. कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ।

४. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वत: अस्वीकृत हुनेछन् ।

५. एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ । एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछन् ।

६. कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ ।

७. कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

८. प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिनेछ ।

९. प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।

१०. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

११. कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० साउन मसान्तसम्म हुनेछ ।

१३. पुरस्कार : नगद १,००,०००/- एक लाख (प्रमाणपत्रसहित) हुनेछ ।

१४. पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका कविताहरुको सम्बन्धित कविहरुले आआफ्नो स्वरमा भिडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ ।

१५. यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको सङ्ग्रह प्रकाशित गरिनेछ ।

पुनश्च : प्रतियोगी कविले आफ्नो यसअगि भ्रष्टाचार विरुद्धको लेखिएको कविताको पनि जानकारी गराउनुपर्ने छ ।

सम्पर्क :
Email : [email protected]
Phone No : 9851059354

आयोजक:
हेम सरिता पाठक फाउन्डेसन

भवदीय,

राधेश्याम लेकाली
अध्यक्ष, हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखा
(संयोजक : भ्रष्टाचार विरूद्घ कविता प्रतियोगिता तयारी समिति)

Comments are closed.