Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

निर्दोष जीवनको ‘नोस्टाल्जिया’ सार्वजनिक

Editorial Team by Editorial Team
July 4, 2022
in Book Releases, Literature
0
निर्दोष जीवनको ‘नोस्टाल्जिया’ सार्वजनिक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

चितवन. निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’ विमोचन भएको छ । वरिष्ठ कवि एवम् साहित्यकार गोविन्दराज विनोदी, एलबी क्षेत्री, नीलम कार्की निहारिका, सिर्जन अविरल र जयराज रेग्मी मगरले पुस्तक विमोचन गरेका हुन् ।

विमोचन गरिएको पुस्तकका सन्दर्भमा आख्यानकार नीलम कार्की निहारिका र सिर्जन अविरलले टिप्पणी राखेका थिए। नेपाली समाजमा व्याप्त पितृसत्ताको कालो छायालाई उपन्यासमा गम्भीररूपमा उठाइएको वक्ता अविरलले बताए । ‘क्रुर पितृसत्ताको आक्रमण कति भयावह छ भन्ने कुरा उपन्यासमा छ’, अविरलले सुनाए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले उपन्यासमा लेखक निर्दोष जीवनकै संघर्षको कहानी भएको बताए । ‘बाल्यकालमा भोग्नुपरेको नमीठो यथार्थलाई लेखकले नढाँटिकन पुस्तकमा लेखेका छन्’ क्षेत्रीले भने । लेखक निर्दोष जीवनले पुस्तकको कथाबस्तु आफ्नै परिवारभित्रको भएको बताउँदै पुस्तकमा अधिकांश सत्य घटना तथा थोरै मात्र काल्पनिकता बुनिएको बताए । कार्यक्रमका सभापति गोविन्दराज विनोदीले निर्दोष जीवनले कविता, मुक्तक, गीत, गजल हुँदै कथा लेखेर अहिले उपन्याससम्म आइपुग्दा लेखनमा निकै सुधार गरेको बताए ।

नोस्टाल्जियामा एक जना संघर्षरत युवाको भोगाइ, पारिवारिक साथ सहयोग र मतान्तर तथा प्रेमका विषयलाई समेटेको लेखक निर्दोष जीवनले बताए । ‘तिरस्कारलाई संघर्षले जित्न खोज्नेको कथा यसमा छ’ उपन्यासबारे उनले भने ।

चार वटा गीति एल्बम र ४ वटा पुस्तक निकालिसकेका निर्दोष जीवनको नोस्टाल्जिया नवौं कृति हो । इन्डिगो इन्कबाट प्रकाशित पुस्तकको मूल्य ३९९ छ ।

Advertisement Banner
Previous Post

Whales learn songs from each other in a cultural ‘deep dive’

Next Post

Deadly spider venom treatment for heart attacks reaches next milestone

Editorial Team

Editorial Team

Next Post

Deadly spider venom treatment for heart attacks reaches next milestone

Recommended

Venezuela Supreme Court appoints Vice President Delcy Rodríguez as acting President

Venezuela Supreme Court appoints Vice President Delcy Rodríguez as acting President

3 months ago
ADB provides USD100 million loan to strengthen fiscal federalism in Nepal

ADB provides USD100 million loan to strengthen fiscal federalism in Nepal

3 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.