Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एनआरएनए एकता महाधिवेशन मार्चमा

Editorial Team by Editorial Team
January 19, 2026
in Nepal, News
0
एनआरएनए एकता महाधिवेशन मार्चमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले १२ औँ महाधिवेशनको नयाँ मिति तय गरेको छ। शुक्रबार बसेको कमिटीको सातौँ बैठकले यसअघि फेब्रुअरीका लागि तय गरिएको महाधिवेशनलाई सारेर आगामी मार्च १४ देखि १६, २०२६ सम्म आयोजना गर्ने अन्तिम निर्णय गरेको हो।
महासचिव गौरीराज जोशीद्वारा सञ्चालित बैठकले महाधिवेशनको मिति मात्र नभई सदस्यता नवीकरण, मर्जर र व्यवस्थापनका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले १२ औँ महाधिवेशन काठमाडौँस्थित होटल सोल्टीमा आयोजना गर्ने निर्णय गरेको छ। यसअघि नै टेन्डर प्रक्रियाबाट छनोट भइसकेको ‘भोग एड एण्ड इभेन्ट म्यानेजमेन्ट’ कम्पनीले नै महाधिवेशनको व्यवस्थापन गर्नेछ। नयाँ मितिका लागि होटल र इभेन्ट कम्पनीसँग सचिवालयमार्फत पुनः सम्झौता प्रक्रिया अघि बढाइने भएको छ।
संघले नयाँ सदस्यता लिन चाहने वा छुटेकाहरूका लागि आवेदन दिने म्याद जनवरी २५, २०२६ सम्म विस्तार गरेको छ।
समानान्तर रूपमा रहेका एनसीसीहरूले अन्य पोर्टलमार्फत बनाएका सदस्यहरूको विवरण पनि सोही मितिभित्र बुझाइसक्नुपर्नेछ। यसको समन्वय महासचिव बी. आर. लामा र अध्यक्ष महेश कुमार श्रेष्ठले गर्नेछन्। मे २०२५ को एकता महाधिवेशनका सदस्य र नयाँ प्राप्त विवरणहरूलाई ‘मर्ज’ गरी डकुमेन्ट भेरिफिकेसनपश्चात् जनवरी ३१ भित्र अन्तिम सदस्यता नामावली सार्वजनिक गरिनेछ।
बैठकले अझै पनि समानान्तर रूपमा रहेका एनसीसीहरूसँग स्टेरिङ कमिटीले सिधै संवाद गरी एकताको वातावरण बनाउने निर्णय गरेको छ। निर्वाचन प्रक्रियाका कानुनी जटिलता सुल्झाउन दुवै पक्षका कानुनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गरिने संघले जनाएको छ।

Advertisement Banner
Previous Post

Suzlon appoints Paulo Soares as President to accelerate Europe business

Next Post

जसपाका २ जना पूर्वमन्त्री एमाले प्रवेश

Editorial Team

Editorial Team

Next Post
जसपाका २ जना पूर्वमन्त्री एमाले प्रवेश

जसपाका २ जना पूर्वमन्त्री एमाले प्रवेश

Recommended

Renowned Producers Martin Garrix And DallasK Team Up with Singer-Songwriter Sasha Alex Sloan On Hypnotic New Single, “Loop,” Released Via Astralwerks

Renowned Producers Martin Garrix And DallasK Team Up with Singer-Songwriter Sasha Alex Sloan On Hypnotic New Single, “Loop,” Released Via Astralwerks

4 years ago
IIT Kanpur develops Bio-inspired Artificial Muscle for Next Gen Space Robots and Medical Prostheses

IIT Kanpur develops Bio-inspired Artificial Muscle for Next Gen Space Robots and Medical Prostheses

4 years ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.