रम्बास् कविता:दर्पण

दर्पण


तिम्रो
दर्पण
तिमी हेर्छौ
मेरो अगि छौ
राख्छु प्रतिबिम्ब,
तथापि तड्पन्छौ त!
के पुगेन! के पुगेन!
किन यति आक्रोशित!
सदा निराश, क्रुद्ध खडा
सोधेँ, उभिएको भाइलाई!
भने -“तिमी बैगुनी!कस्तो!”
सोधेँ- फेरि “किन भाइ!”
फरफर छन् ओठ!
“म किन विभत्स!”
भनेँ!-तिमी त!
भित्र जस्तो !
बा हि र,
त्य स्तै
छौ!

शेषमणि आचार्य
तनहुँ, नेपाल

Comments are closed.