अनेसास केन्द्रिय कार्यसमितिका पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न

बाल्टिमोरमा अनेसासको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यकममै भानु जयन्तीको उपलक्ष्यमा भानुको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको शुभारम्भ अमेरिकी तथा नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको थियो । कार्यक्रममा सभापतित्वको भूमिका अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाले गरेका थिए ।
प्रमुख अतिथि मेरिल्याण्ड बिधान सभाका सदस्य सांसद डा हयारी भण्डारी(विद्यावारिधी) रहेका थिए । सपथग्रहण कार्यक्रममा अनेसास विओटीका सभापति पदम विश्वकर्मा,अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी ,विओटीका पूर्व अध्यक्ष डा श्याम कार्की तथा नव निर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेलाई मंचमा आसन गराईएको थियो ।
भानु जयन्तिको अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण त्यहाँ उपस्थित भएका साहित्यकारहरुले समेत गरेका थिए । कार्यक्रममा अनेसास मेरिल्याण्डको तर्फबाट विओटीका पूर्व अध्यक्ष डा श्याम कार्की (दीर्घ सेवा सम्मान )तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी( ध्रुबतारा सम्मान)लाई सम्मान गरिएको थियो ।


मेरिल्याण्डका उपाध्यक्ष मधुकर अधिकारी तथा विओटीका उपाध्यक्ष तीर्थ पाण्डेयले सम्मान पढेर सुनाएका थिए भने उक्त सम्मानपत्र सांसद डा भण्डारीले प्रदान गरेका थिए । त्यस्तै अध्यक्ष गोवर्द्धन पूजाले आफ्नो कार्यकारी समितिका पदाधिकारीहरुलाई मायाको चिन्ह प्रदान गरेका थिए ।
साधारण सभा पनि रहेकोले महासचिवको प्रतिवेदन बिमला निरौला तथा कोषाध्यक्षको प्रतिवेदन राजेन्द्र श्रेष्ठले निजानन्द मल्लको तर्फबाट प्रस्तुत गरेका थिए ।
निर्वाचन समितिका संयोजक गुणराज लुँईटेलले अध्यक्ष सर्वज्ञ वाग्ले लगायत उपस्थित नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा उपस्थित भएका नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले लगायत अन्य पदाधिकारीहरुले छोटो मन्तब्य राखेका थिए ।
निर्वाचन समितिका संयोजक गुणराज लुँईटेलले निर्वाचनको बारेमा छोटो चर्चा गरेका थिए भने अन्य निर्वाचन समितिका सदस्यहरु जुम मार्फत जोडिएका थिए । पूर्व महासचिव बिमला निरौला सहित नव निर्वाचित पदाधिकारीहरुले समेत कविता वाचन गरेका थिए ।
प्रमुख अतिथि सांसद डा हयारी भण्डारी(विद्यावारिधी) ,अनेसास विओटीका सभापति पदम विश्वकर्मा,अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी ,विओटीका पूर्व अध्यक्ष डा श्याम कार्कीले मन्तव्य राखेका थिए ।

Comments are closed.