Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

विद्या भण्डारीलाई एमालेमा फर्किन मन भए नयाँ सदस्यताका लागि निवेदन दिनुपर्छ : ओली

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News, Politics
0
विद्या भण्डारीलाई  एमालेमा फर्किन मन भए नयाँ सदस्यताका लागि निवेदन दिनुपर्छ : ओली
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा आउने नै भए पार्टीमा निवेदन दिनुपर्ने दोहोर्‍याएका छन् ।
भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको सदस्यताको कुरा उठाएपछि जवाफ फर्काउँदै ओलीले भण्डारीको राष्ट्रपतिको कार्यकाल अवधिको सदस्यता नजोडिने प्रष्ट्याएका छन् ।
उनले भने- उहाँले पार्टीलाई घृणा गरेर, मन नपरेर सदस्यता छाडेको हैन । पार्टीप्रति सम्मान र माया नै थियो । राष्ट्रपति हुँदा संवैधानिक व्यवस्थाका कारण साँच्चै छाड्नुभएको हो । हामीले दुनियाँलाई ढाँट्नुपर्दैन । फर्किएर आए पनि भावनामा हैन, यथार्थमा चल्नुपर्छ विद्या भण्डारीको ७ वर्षको कार्यकालको सदस्यता दोहोरिँदैन । त्यो अघि एमालेको नेता हुनुन्थ्यो, त्यसपछि हुन सक्नुहोला तर त्यो अवधिमा उहाँ राष्ट्रको नायक हो । त्यो बीचको सदस्यता जोड्नु भनेको कानुनसँगको खेलबाड हो । लिन मन छ भने म सदस्य हुन चाहन्छु भनेर पार्टीमा निवेदन दिनुपर्‍यो ।
भण्डारी कुनै कार्यकारी पदमा नभई सेरेमोनियल पदमा रहेकाले आलोचना र विरोधको चक्रव्यूहमा नफस्दा राम्रो हुने ओलीको भनाइ थियो ।
‘कार्यकारी त फेरि फर्किन्छ आउँछ । विवादमा पर्छ आलोचनामा पर्छ कार्यकारी पद त्यस्तै हो । सेरेमोनियल भनेको सम्मानित पद हो । सम्मानित निर्विवाद र विरोधको चक्रव्यूहमा नफस्ने पदमा बसिसकेको राष्ट्रको अभिभावक भइसकेको व्यक्तित्व । फेरि आलोचना विरोध यस्तो चक्रव्यूहमा नफस्दा राम्रो भन्ने मान्यता छ । त्यो मान्यतामा उहाँ बस्दा राम्रो हुन्छ’, उनले भने ।
अहिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलबीचको कटुता भइरहेको एमालेभित्र साथीहरू घम्साघम्सी गर्न थालेको बेला यसो नगरौँ भन्दै मध्यस्थता गर्नुपर्नेमा भण्डारीले मदन भण्डारी फाउण्डेसनका नाममा कार्यालय खोलेर एकपक्षको कार्यालय बनाएर चलाउन खोजेको उनको टिप्पणी थियो ।
ओलीले थपे- पोलिटिक्स गर्छु भन्नुहुन्छ, कस्ले रोकेको छ ? गरिरहनुभएको छ त

Advertisement Banner
Previous Post

फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव

Next Post

एमालेको निर्वाचन तालिका सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
एमालेको निर्वाचन तालिका सार्वजनिक

एमालेको निर्वाचन तालिका सार्वजनिक

Recommended

India’s exports rise 15.5% in November 2025, trade deficit narrows

India’s exports rise 15.5% in November 2025, trade deficit narrows

4 months ago
SAARC Convenes its Sixty-first Session of the Programming Committee

SAARC Convenes its Sixty-first Session of the Programming Committee

5 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.