Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

Editorial Team by Editorial Team
February 27, 2026
in News, World
0
पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन् । पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिवानलाई चेतावनी दिँदै भनेका छन्– हाम्रो धैर्य समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ ।बीबीसी उर्दुका अनुसार सोशल मिडिया प्लेटफर्म एक्समा जारी बयानमा उनले अफगान तालिवानमाथि ‘अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरू एकत्रित गरेको आरोप लगाएका छन् ।
काबुलमा अन्तरिम सरकारले आतंकवाद निर्यात गरेको पाकिस्तानी रक्षामन्त्री आसिफको आरोप छ ।
अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानहरूमा बमबारी भएको पुष्टि गरेका छन् । उनले आक्रमणबाट कुनै हताहती भने नभएको बताएका छन् ।
पाकिस्तानी रक्षामन्त्री आसिफले अफगान तालिवानले आफ्नो मुलुकका नागरिकलाई मानवाधिकारबाट वञ्चित गरेको र इस्लामले महिलालाई दिएको अधिकार खोसेको पनि आरोप लगाएका छन् ।
बीबीसी उर्दुका अनुसार पाकिस्तानी सरकारले अहिलेसम्म सैन्य अभियानका क्रममा अफगान तालिवानका १३३ सदस्य मारिएका र दुई सय घाइते भएका दाबी गरेको छ ।
पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले एक्समार्फत् अफगानिस्तानका काबुल, पक्तिका र कन्धारमा रहेका अफगान तालिवानका रक्षा स्थललाई निशाना बनाइएको बताएका छन् ।
उनले पाकिस्तानको अभियानमा अफगान तालिवानका दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको पनि दाबी गरेका छन् ।
यद्यपि, बीबीसी हिन्दीले दाबीको स्वतन्त्र रूपले पुष्टि गर्न नसकिएको बताएको छ । पाकिस्तानी सूचनामन्त्री अताउल्लाहले पाकिस्तानका तर्फबट अफगान तालिवानविरूको अभियान अहिले पनि जारी रहेको उल्लेख गरेका छन् ।
अबेर रातिदेखि विष्फोटको आवाज
समाचार एजेन्सी एएफपीका अनुसार बिहानै अफगानिस्तानको राजधानी काबुलमा ठूलो विष्फोटको आवाज आएको छ । समाचार एजेन्सीका अनुसार राति करिब १.५० बजे पूरै शहरमा लडाकु विमानहरूको आवाजका साथै विष्फोटको आवाज सुनिएको थियो । यस्तै सेन्ट्रल काबुलमा बिहान करिब २.३० बजेसम्म गोली चलेको आवाज सुनिएको छ ।
काबुल र कन्धारमा भएको आक्रमण पाकिस्तान र अफगानिस्तानबीच विगत केही समयदेखि चल्दै आएको झडपको ऋंखलामा सबैभन्दा नयाँ हो । दुवै देश अक्टोबर २०२५ मा युद्धविरामका लागि सहमत भएका थिए ।
पछिल्लो साता पाकिस्तानले अफगानिस्तानमा रातभर हवाई आक्रमण गरेको थियो । तालिवानले उक्त आक्रमणमा परी महिला र बालबालिका गरी १८ जनाको मृत्यु भएको थियो ।
एकअर्कामाथि आरोप
पाकिस्तानी र अफगान सेना एक–अर्कामाथि पहिले आक्रमण सुरू गरेको आरोप लगाउँदै आएका छन् । दुवै देशका सेनाहरू एक–अर्कालाई ठूलो क्षति पुर्‍याइएको पनि दाबी गर्दै आएका छन् ।
पाकिस्तानी अधिकारीहरूले शुक्रबार पनि अफगान आक्रमणको जवाफामा काबुल र कन्धारसमेतका शहरहरूमा ‘काउन्टर स्ट्राइक’ गरिएको दाबी गरेका छन् । अफगान तालिवानले यो साताको सुरूवातमा भएको आक्रमणको जवाफमा व्यापक रूपमा अपरेशन गरिएको बताएको छ । उसले अपरेशनका क्रममा कमितमा पनि १८ जना मारिएका पनि दाबी गरेको छ ।
तालिवानका सैन्य प्रवक्ता वहिदुल्लाह मोहम्मदीले भने, ‘जवाफी अपरेशन बिहीबारे स्थानीय समयअनुसार राति करिब ८ बजेबाट सुरू गरिएको थियो ।’
मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले जवाफी कारबाहीमा पाकिस्तानी सैनिक मारिएका र अन्य कयौंलाई पक्राउ गरिएको दाबी गरेका छन् । तर, पाकिस्तानी अधिकारीहरूले उक्त दाबी अस्वीकार गरेका बीबीसीले जनाएको छ ।
ताजा संघर्षको सुरूवात
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले काबुल, कन्धार र पक्तिकामा भएको पाकिस्तानी आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा एक पोस्ट गर्दै लेखेका छन्, ‘अफगानिस्तानका नागरिक एकताका साथ आफ्नो धर्तीको रक्षा गर्ने छन् र साहसका साथ आक्रामकतालाई जवाफ दिनेछन् ।’
पाकिस्तान र अफगान तालिवानबीच संघर्षको सुरूवात गत वर्ष ७–८ अक्टोबरको रातिबाट भएको थियो । त्यो बेला पाकिस्तानी सेनाले ओरकजईमा गुप्तचरको जानकारीका आधारमा कारबाही गरिएको प्रतिक्रिया दिएको थियो ।
८ अक्टोबरमै पाकिस्तानी रक्षामन्त्री आसिफले संसदमा भनेका थिए, ‘सरकार र सेनाको धैर्य समाप्त भइसकेको छ । चरमपन्थीहरूलाई शरण दिनेले अब नतिजा भोग्नु पर्नेछ ।’
पाकिस्तान लामो समयदेखि अफगानिस्तानको तालिवान सरकारसँग प्रतिबन्धित तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) विरूद्ध कारबाहीको माग गर्दै आएको छ । पछिल्लो समय यो माग अझै तीब्र भएको छ ।
उक्त घटनापछि दुई पक्षबीच लगातार तनाव बढ्दै गएको छ । तनाव कम गर्न दुई देशबीच शान्ति वार्ता र सम्झौता पनि भएको छ । तर, संघर्ष समाप्त भएको छैन । एजेन्सी

Advertisement Banner
Previous Post

लाइसेन्स माफियाको जालोः ४३ लाखदेखि ४७ लाखसम्म बिगो

Next Post

कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै, गगन-विश्वप्रकाशले सम्बोधन गर्ने

Editorial Team

Editorial Team

Next Post
कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै, गगन-विश्वप्रकाशले सम्बोधन गर्ने

कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै, गगन-विश्वप्रकाशले सम्बोधन गर्ने

Recommended

गौरमा कर्फ्यु अपडेट: आज बिहान ८:३० बजेबाट कडाइ

गौरमा कर्फ्यु अपडेट: आज बिहान ८:३० बजेबाट कडाइ

7 months ago
Nepal minister supports demand to declare country a Hindu state

Nepal witnessed a trade deficit of Rs 1,577 billion in the first 11 months of the current fiscal year

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.