Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अफगानिस्तानमाथि पाकिस्तानको भिषण आक्रमण, चार सयको मृत्यु

Editorial Team by Editorial Team
March 17, 2026
in News, World
0
अफगानिस्तानमाथि पाकिस्तानको भिषण आक्रमण, चार सयको मृत्यु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पाकिस्तानले अफगानिस्तान माथि पुनः हवाई आक्रमण गरेको छ ।स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी लडाकु विमानले राजधानी काबुलका विभिन्न स्थानमा बम प्रहार गरेका छन्, जसमा एक अस्पताल समेत परेको बताइएको छ । आक्रमणमा करिब ४ सय जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएका छन् । प्रतिवेदनअनुसार दारुलअमान, अरजान किमत, खैरखाना तथा काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा ठूलो विस्फोट र गोलीबारीको आवाज सुनिएको थियो ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित नशा मुक्ति केन्द्रमा बम खसालेको आरोप लगाएका छन् । तालिबानले घटनाको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र अफगान हवाई क्षेत्रको उल्लंघन भएको दाबी गरेको छ ।
यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले यी आरोप असत्य भएको बताएका छन् । उनले काबुलमा कुनै अस्पताललाई निशाना नबनाइएको दाबी गरेका छन् ।
अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरत का अनुसार स्थानीय समयअनुसार राति करिब ९ बजे आक्रमण भएको हो । करिब दुई हजार शय्याको अस्पतालमा ठूलो क्षति पुगेको जनाइएको छ । सञ्चारकर्मी घटनास्थल पुग्दा अस्पतालका केही भागमा आगलागी भइरहेकाले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यस घटनापछि अफगान क्रिकेट खेलाडी राशिद खान ले कडा आलोचना गर्दै घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् । उनले सर्वसाधारण बसोबास गर्ने क्षेत्र, विद्यालय र अस्पताल आसपास आक्रमण हुनु अन्तर्राष्ट्रिय कानुनअनुसार गम्भीर अपराध हुने बताएका छन् ।
पाकिस्तान र अफगानिस्तानबीचको तनाव गत फागुन १० गतेदेखि बढ्दै आएको छ । त्यसपछि दुवै पक्षबाट आक्रमण र जवाफी कारबाही भइरहेको छ । सीमा क्षेत्रमा पछिल्ला हप्ताहरूमा पटक-पटक झडपसमेत भएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला सैन्य कारबाहीमा दर्जनौं सर्वसाधारणको ज्यान गएको छ भने एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

Advertisement Banner
Previous Post

सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

Next Post

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

Editorial Team

Editorial Team

Next Post
चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

Recommended

कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Gold prices in Nepal climbed by Rs 700 on Thursday, reaching Rs 260,400 per tola (11.66 grams)

9 months ago
The Largest Digital Zoo: Biology Model Trained on NVIDIA GPUs Identifies Over a Million Species

The Largest Digital Zoo: Biology Model Trained on NVIDIA GPUs Identifies Over a Million Species

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.