थुप्रै छन् कलमका कथाहरू
कलम रोएर आँसु बगाउँदा रहेछन्
छोडेर जाँदा रहेछन् नमेटिने डोबहरु
मसिले मेटदा रहेछन् थुप्रै भोक र तिर्खा ।
भरे पछि मात्र मसी
कलम कलम हुँदोरहेछ
र लेख्दोरहेछ विविध भाव
जब रित्तिन्छ कलममा मसी
न डोब हुन्छ न अक्षर
न लेख्न सक्छ कलमले कुनै इतिहास
कलमहरू गर्दैनन् घात
जानेर नजानेर कलमले लेख्दैनन्
गलत निर्णय
कलम विश्वास हो चेतनाको
आफैँले समातेर कलमले गर्न सक्दैन विद्रोह
केवल कलमले त डोबहरु बनाउने न हो
तिनै डोबहरू चिनेर
चल्न सकियो भने
कति सुन्दर हुन्छ होला जिन्दगी ?
कलमको दोष हुदैन
दोष लेख्नेको हुन्छ ।
हस्ताक्षरकर्ताको हुन्छ कसुर,
प्रिय कमल ! तिमी मनलाग्दो नलेख
तिमी त कलम हौ
सुन्दर गीत ,कविता र कथा लेख
नलेख कलम रोएको कथा ।
नीलकण्ठ सुवेदी
Comments are closed.