Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

Editorial Team by Editorial Team
May 21, 2022
in Literature, Nepal, Nepali, Poetry
0
युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

युगको उर्दी

संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !

असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

 

जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई

गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।

 

वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,

संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।

 

तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,

संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?

 

संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छ

प्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।

 

मानिस तैँले उठनै पर्छ, दुःख संकट भोग्नै पर्छ

युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ ।

 

 

प्रेम र विवाह

पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो-
“त्यो माछालाई समात्छु;”
आकाशसित गई जोड लगायो-
त्यो चरालाई पक्रन्छु;
महाकालसित गई बिन्ति चढायो-
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।

 

 

Advertisement Banner
Previous Post

माइतीघरमा प्रदर्शन ! बलात्कारीलाई कारबाहीको माग

Next Post

बलात्कारका आरोपी मनोज पाण्डे पक्राउ

Editorial Team

Editorial Team

Next Post
बलात्कारका आरोपी मनोज पाण्डे पक्राउ

बलात्कारका आरोपी मनोज पाण्डे पक्राउ

Recommended

Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange declines for sixth day as turnover hits Rs 4.66 billion

7 months ago
Nepal Telecom Authority spends only 11 percent of budget

Nepal Telecom Authority spends only 11 percent of budget

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.