Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

कविता: देउता बिक्रीमा

Editorial Team by Editorial Team
July 13, 2022
in Nepali, Poet
0
कविता: देउता बिक्रीमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

“देउता बिक्रीमा”

दशकौं अघि चित्र, मूर्ति  हेरेर

कविता बनाइन्थ्यो

अहिले कविता हेरेर

मूर्ती बनाउन थालेको छु

एकदिन

मूर्तिले चिच्याउँदै भन्यो

रोषी ? मेरो मूर्तिलाई

दर्जनौं कवितामा ढालिस

भो !

अब कविताबाट मलाई

मूर्तिमा नै फर्काइ दे ।

अहिले मैले चोला फेरें हजुर

यति बेला म पत्रकार,

बहुलठ्ठी कथाकार,

ब्यंग्य निबन्धकार,

गीतकार,

गजलकारको कूलत त्यागी

कूचिकार र मूर्तिकार भएको छु।

के गरौं ख्वामित ?

आफ्नै गरिवीले

पेसा फेर्न बाध्य बनायो

आज दिनभरिको आफ्नै मेहनत

झिना बाहुन औंलाले कुची चलाएँ

हो ! आज म बुद्दुले ४ वटा बुद्द बनाएँ

खाडी बस्दा मान्छे बेच्न डर लाग्यो

अहँ ! खाडीले केही नापेन

अहिले देश फिरेको छु

सडकमा कचौरो थाप्न

स्वाभिमानले जाँगर चलाएन

त्यही भएर आजकल

खुलेआम देउता बेच्न

दोबाटोमा पसल थापेको छु

म धर्मात्मा मान्छेको

पापी पेटको सवाल छ हजुर

हो, यतिबेला आफ्नै देशमा

देउता बेच्न थालेको छु ।

आउँदाजाँदा पसिदिनुहोस न हजुर

एउटा देउता किनेर

गुन लगाइदिनुहोस

किन कि मेरो देउताले

मलाई बनाउन सकेनन्

मैले नै देउतालाई बनाइदिएँ

फेरि पनि चिच्याएर भन्छु

मेरो देशले झैैं

खाडीमा मान्छे बेच्न सकिन क्यारे

अनि आफैंले देउता बनाएर बेच्न थालें |

रवि रोषी

रानीमहल

rabiroshi@gmail.com

Advertisement Banner
Previous Post

Pope Francis names three women to bishops advisory committee

Next Post

प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

Editorial Team

Editorial Team

Next Post
प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

Recommended

CAMS Oxford Institute unveiled at virtual ceremony

CAMS Oxford Institute unveiled at virtual ceremony

4 years ago
…मेरी उनी र म सार्वजनिक’

…मेरी उनी र म सार्वजनिक’

4 years ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.