अमेरिका- अमेरिकामा बसोबास गर्दै आएका कवि तथा साहित्यकार कवीन्द्रराज सिटौला “जिज्ञासु” ले आफ्नै जन्मोत्सवको पावन अवसर पारेर आज आफ्नो दोस्रो गीत मेरी आमा “Meri Aama” सार्वजनिक गरेका छन्।
आमा प्रतिको असीम श्रद्धा, प्रेम र कृतज्ञताको भाव बोकेको उक्त गीत उहाँले यस संसारबाट दिवंगत हुनुभएका सम्पूर्ण पूज्य आमाहरूको पवित्र आत्मालाई तथा आज जीवित रहेका सबै आमाहरूको मन र भावनालाई समर्पण गरेको बताएका छन्।
भावनात्मक संवेदनाले भरिएको यो गीतमार्फत आमाको माया, त्याग र करुणालाई स्मरण गर्दै कवि सिटौलाले आमा प्रतिको सम्मान र कृतज्ञताको सन्देश फैलाउने प्रयास गरेका छन्।
यसअघि उनले आफ्नो पहिलो गीत “Sansarkai Khusi Jaati Hami” पनि सार्वजनिक गरेका थिए, जसले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।







Discussion about this post