Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

“खोलभित्रको मान्छे” कविता संग्रह सार्वजनिक

Editorial Team by Editorial Team
July 3, 2022
in Book Releases, Literature, Nepal
0
“खोलभित्रको मान्छे” कविता संग्रह सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१८असार,काठमाडौँ, अठ्तीस वर्षकै उमेरमा दिवंगत हुनुभएका कवि मित्रप्रसाद दुलालद्वारा रचित कविताहरुको संग्रह “खोलभित्रको मान्छे” सार्वजनिक गरिएको छ ।

कीर्तिपुर – ४, प्रगति हाइटस्थित दुलाल निवासमा केही साहित्यकारको उपस्थिति र पारिवारिक जमघटका बीच कविता संग्रहको लोकार्पण साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ र कविका पिता छविप्रसाद दुलालबाट गरियो ।

लोकार्पण कार्यक्रममा स्वर्गीय कविको सालीन व्यक्तिक्व र उनको साहित्यिक लगावको बारेमा चर्चा गर्दै कवि नरनाथ लुइटेलले कविको मृत्युचेतको अनुभूति स्वर्गीय दुलालले रचना गरेको कविता “अपरिचित यात्रा” मार्फत व्यक्त गर्नुभएको थियो ।

स्वर्गीय कविका दाजु गोपाल प्रसाद दुलालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले कवि मित्रप्रसाद दुलालद्वारा रचित कविताहरुको संग्रहले कविलाई अमर बनाएको साथै नेपाली साहित्यमा एउटा नवीन कृति थपिएको विचार व्यक्त गर्नुभयो ।

जीवित रहँदा समाजिक संजालमा आफ्ना रचना सार्वजनिक गरिरहने कवि मित्रप्रसाद दुलालको कविताहरू संकलन गरी परिवारका सदस्यहरुले संग्रहका रुपमा सार्वजनिक गर्नुलाई स्वर्गीय कवि र नेपाली साहित्यप्रतिको उच्च सम्मान भएको विचार उहाँको थियो ।

२०३७ सालमा मोरङ जिल्लाको अमरदहमा जन्मिनुभएका कवि मित्रप्रसाद दुलाल काठमाडौँलाई कर्मथलो बनाई एक सहकारी अभियन्ता, कानुन व्यवसायी र समाजसेवीको रुपमा परिचित हुनुहुन्थ्यो ।

२०७६ जेठ ३२ गते राति हृदयघातका कारण उहाँको निधन भएको थियो । संजय सिम्खडा र गोकुल बाँस्तोलाले संकलन गरेका स्वर्गीय कवि दुलाल रचित कविताहरूको सम्पादन डा. दामोदर पुडासैनी ‘किशोर’ले गर्नुभएको हो । छविप्रसाद दुलाल र सम्झना सिम्खडा दुलाल प्रकाशक रहनुभएको कविता संग्रहमा कवि मित्रप्रसाद दुलालले जीवित रहँदा रचना गरेका र समाजिक संजालमा सार्वजनिक गरेका एक सय उनन्चास कविताहरू संग्रहित छन् ।

Advertisement Banner
Previous Post

अमन एकलले ल्याए लोकदोहोरी गीत “पानीसँगै असिना”

Next Post

फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

Editorial Team

Editorial Team

Next Post
फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

Recommended

Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

Supreme Court bars blacklisting of inactive directors cleared from company roles

4 months ago
युद्धका क्रममा इरानलाई गुप्तचर जानकारी नदिएको पुटिन को भनाई

युद्धका क्रममा इरानलाई गुप्तचर जानकारी नदिएको पुटिन को भनाई

1 month ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.