Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

पोखरेलको ‘आउँछ्यौ तिमी नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

Editorial Team by Editorial Team
November 30, 2025
in Entertainment, Nepal, News
0
पोखरेलको ‘आउँछ्यौ तिमी नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- गीतकार आदर्श पोखरेलको ‘आउँछ्यौ तिमी नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानकोआयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञाप्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले भिडियो सार्वजनिक गरेका हुन्।
आफ्नै गीतमा आफैँलाई स्वागत गर्दा पनि गीतकारका रूपमा मानिसहरूले आफूलाई नचिन्ने अवस्था आएको अनुभव सुनाउँदै ढकालले गीतकार गीतको जननी भएर पनि छायामा पर्नु दुःखद् भएको विचार राखे।
एउटा सुन्दर गीत बन्न गीतकारदेखि सुरु भएर सम्पूर्ण निर्माण पक्षसम्मको भूमिका रहने भन्दै उनले सबैको भूमिकाको कदर गर्नुपर्नेमा जोड दिए। आदर्शको गीतकारिताबाट आफू प्रभावित भएको ढकालले सुनाए।
गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार आदर्श पोखरेलले आउँछ्यौ तिमी नजरमा गीत लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाएका थिए। ‘जितमा पनि हारमा झैँ पिट्दै छन् रे ताली…’ बोलको पहिलो गीत एक दशकअगि रेकर्ड गराएका पोखरेलका १ दर्जन जति गीत रेकर्ड भएका छन्।
आदर्श पोखरेलकाे शब्द र सङ्गीत रहेकाे उक्त गीतलाई सन्तोष विक र मनिषा राईको स्वरले जीवन्तता प्रदान गरेकाे छ। भिडियोमा स्वस्तिका श्रेष्ठ, जीवन सुनार, भुवन विक, जमुना पौडेल बराल लगायतको अभिनय छ। भिडियोको निर्देशन राम बाँस्तोलाले गरेका हुन्।
गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले सञ्चालन गरेकाे कार्यक्रममा गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ,गायक विनोद बानिया, पोखरा विश्व विद्यालयका अधिकृत नारायण सापकोटा लगायतले शुभकामना दिएका थिए।

Advertisement Banner
Previous Post

यःमरी महोत्सव : नेवारी कला, संस्कृती

Next Post

इजरायलको आक्रमणबाट गाजामा हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास

Editorial Team

Editorial Team

Next Post
इजरायलको आक्रमणबाट गाजामा हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास

इजरायलको आक्रमणबाट गाजामा हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास

Recommended

रम्बास कविता:जुको

रम्बास कविता:जुको

4 years ago
Nepal Electricity Authority invites bids from Indian companies for sell of 200MW electricity during the monsoon period

For Second Consecutive Year, Nepal Exports Surplus Electricity to India

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.