Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
March 16, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

 

 पछिल्ला दिनहरुमा विभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि,  खानेपाननी आदि विषयहरुलाई गीति श्रव्य–दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ ।

 

यसै सिलसिलामा कास्कीको पोखरा महानगरपालिकासँगै जोडिएको प्राकृतिक रुपमा अति रमणीय   रूपा गाउँपालिकाले पनि त्यस्तै विविधतागत विषयवस्तु  बोकेको गीति भिडियो यही फागुन २७  गते पालिकाको ५ औं स्थापना दिवशको अवसर पारेर भव्य समारोहका बिच सार्वजनिक गरेको छ।

रूपामै जन्मिएका चर्चित कलाकार माओत्से गरुङ्ग र ओमप्रकाश गुरुङ्ग सहित रोहन आसिव, ममता अधिकारी र प्रियङ्का सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोमा सर्जक प्रकाश सुवेदीको रचनात्मक  निर्देशन, कुमार केसीको नृत्य निर्देशन, निसल पौडेल र पदमराज सुवेदीको  छायाङ्कन, निशान घिमिरेको  सम्पादन र  महेन्द्र सुवेदीको भाषानुवादको भूमिका रहेको छ।

 

यस भन्दा अगाडि नै दक्षिणकाली नगरपालिका र पनौती नगरपालिकाको परिचयात्मक गीत बनाएर प्रसिद्धि कमाईसकेका गीतकार प्रकाश सुवेदीको  गहन अध्ययन र अनुसन्धानमा पालिकाभित्रका ७ वटै वडाहरुमा रहेका विविधतालाई ७ मिनेट १८ सेकेण्ड भित्र समेटेर  लेखिएको गीतमा चर्चित सङ्गीतकार वसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र सिडी विजय अधिकारी,  मेलिना राई, शिरीष देवकोटा, आर सि रिमाल र सङ्गीतकार स्वयं वसन्त सापकोटाको स्वर रहेको छ भने गीतमा  आञ्चलिकता र स्थानीय संस्कृति झल्काउन बिचबिचमा कास्कीको सेरोफेरोमा प्रचलित भजन र सोरठीको भाका समेत राखिएको छ।

 

पालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ्ग, प्रमुख प्रसाशकीय अधिकृत सन्त‍ोष ढुङ्गाना सहित सम्पूर्ण जनप्रतिनीधि र कर्मचारी समेत संलग्न रहेको गीति भिडियोमा शिक्षकहरु र स्थानीयलाई समेत समेटिएको छ।

कास्कीका ८ ओटा ताल मध्ये तेस्रो ठूलो ताल रूपातालको नामबाट नामाकरण गरिएको रूपा गाउँपालिकाको गीतको अवधारणा पालिका अध्यक्ष स्वयं नवराज ओझाले तयार पारेका हुन।

Advertisement Banner
Previous Post

‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल सुरु’

Next Post

Irish Minister Robert Troy opens Ireland House in Mumbai

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Irish Minister Robert Troy opens Ireland House in Mumbai

Irish Minister Robert Troy opens Ireland House in Mumbai

Recommended

मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

4 years ago
विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

9 months ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.