चेतन कार्कीको प्रथम स्मृति दिवस कमलामाई नगरपालिकामा 

  भाषा साहित्य कला तथा संकृतिविद चेतन कार्कीको स्मृति दिवस सिन्धुलीमाडिमा मनाईयो ।

 

 

सोमबार गौतम बुद्धको २५६६ औँ जन्म जयन्तीको अवसरमा कार्कीको स्मृति दिवस मनाईएको हो । चेतन कार्की भाषा साहित्य कला तथा संकृतिविद मात्रै नभई बरिष्ठ चलचित्र कर्मी ,कवि ,उपन्यासकार ,गीतकार,मुक्तककार पनि हुन् । कार्कीको जन्म १९९५ कार्तिक २२ गते स्याङ्जाको आरुखर्कमा भएको हो ।

२०७८ जेठ २ गते कोरोना संक्रमणका कारण ८३ बर्षको उमेरमा कार्कीको निधन भएको थियो । उनले हिन्दि र उर्दुमा पनि साहित्य लखेका छन् । मायाले मर्न दिँदैन ,तिजको लहर आयो बरिलै,कान्छी हे कान्छी लगाएतका चर्चित गीत  रहेका छन् ।  । धैरै चलचित्रमा गीत लेखेका कार्कीले लोक गीत र नाटकमा पनि काम गरेकका थिए   । आत्मा बेचेको छैन , हत्केलाले सधैँ सुर्य छेकिँदैन ,हो देश मेरोपनि ,बसिबियाँलो ,माया प्रितीको चोखो कथा गीति संग्रह प्रकाशित छन् ।

उनै सर्जक चेतन कार्कीलाई सम्झना गर्दै उनको प्रथम स्मृति दिवश मनाईएको हो । कार्यक्रममा लगभग ३० जना स्रष्टाहरुको उपस्थिति रहेको थियो । भाषा साहित्य कला तथा संकृतिविद् चेतन कार्कीको सम्झनामा सबै स्रष्टाहरुले रचना वाचन गरेका थिए । स्रष्टा लोकेन्द्र डहरेको अग्रसरतामा सिन्धुलीका स्रष्टाहरुद्धारा कार्यक्रमको आयोजना गरिएको हो ।

 

Comments are closed.