Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

आयोजकबाट ‘यौन दुर्व्यवहार’मा परेकी सौन्दर्य प्रतियोगीले आठ वर्षपछि सार्वजनिक गरिन् पीडा

Editorial Team by Editorial Team
May 19, 2022
in Feature, Nepal
0
आयोजकबाट ‘यौन दुर्व्यवहार’मा परेकी सौन्दर्य प्रतियोगीले आठ वर्षपछि सार्वजनिक गरिन् पीडा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ , सामाजिक सञ्जाल टिकटकमार्फत एक युवतीले सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् ।

दुर्व्यवहारबारे प्रतियोगिताको कोरियोग्राफरसमेत रहेकी मिस नेपाल(नाम खुलाएकी छैनन्)ले आफ्नो कुरासमेत विश्वास नगरिदिएको उनले दाबी गरेकी छन् ।

६/७ वर्षको हुँदा मैले ३/४ वटा फिल्म खेलेको थिएँ । ठूलो भएपछि अभिनेत्री, मोडल हुने मन थियो । त्यसैले १२ को परीक्षा सकिएपछि म ‘हाउस अफ फेसन’मा अडिसन दिन गएँ । म त्यहाँ छानिइनँ । तर अडिसनको तस्बिर बाहिर आएपछि मलाई कसैले म्यासेज गर्‍यो । उसले मलाई फोटोसुट गर्न आउ भन्यो । म एकदमै उत्साहित थिएँ । किनभने मलाई मोडल बन्नु थियो । म गएँ । फोटो खिच्ने व्यक्ति एकदमै चलेको अनलाइनको फोटोग्राफर थियो,’बुधबार ‘सुसी खान जाने हो’ नामको टिकटक अकाउन्टको भिडियोमा युवतीले भनेकी छन्,’त्यो फोटोग्राफर र त्यो अब्युजर(यौन दूराचारी) दुवैजना मिलेर मेरो फोटो खिच्यो । मलाई फोटोसुटको पाँच हजार दिइयो । त्यो अब्युजरले आफूले सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै मलाई सहभागी हुन प्रोत्साहन गर्‍यो । मैले त्योभन्दा अगाडि पनि सौन्दर्य प्रतियोगितामा भाग लिइसकेको थिएँ । त्यसैले म त्यो सौन्दर्य प्रतियोगितामा सहभागी भएँ ।’

विभिन्न भागमा सार्वजनिक भिडियोमा उनले दाबी गरेअनुसार उक्त प्रतियोगितामा उनी फस्ट रनर्सअप भइन् । केहीको नाम र केहीको थर खुलाएकी छिन्, आफूले ड्राइभमा राखेको सबै कल रेकर्डिङ र टेक्स्ट मेसेज डिलिट गरेको बताउँदै उनले आफूमाथि भएको बलात्कारको खुलासा गरेकी छन् । ‘मैले कल रेकर्डिङ, टेक्स्ट मेसेजहरु ड्राइभमा राखेको थिएँ । म त्यो मेसेज र कल रेकर्डिङ सुन्दै रुने गर्थें । सायद २०१८ तिर मैले त्यो सबै डिलिट गरिदिएँ । मसँग कुनै पनि प्रमाण छैन,’अल अबाउट दी स्किन नामको इन्स्टाग्राममा पनि सार्वजनिक गरेको भिडियोमा उनले भनेकी छन्,’विजेता भइसकेपछि एकदिन त्यही अब्यूजरले मलाई फोन गर्‍यो । तिमी तयार भएर आउ, हामी सक्सेस पार्टी गर्दैछौं भन्यो । कुनै पनि कार्यक्रम भइसकेपछि त्यसको सक्सेस पार्टी गरिन्छ । म तयार भएर एभरेस्ट होटलमा गएँ ।’

होटल पुगेपछि उनले त्यहाँ कोही देखिनन् । ‘तिमी चाँडै आयौ, पार्टी ६/७ बजेबाट सुरु हुन्छ,’उक्त यौन दुर्व्यवहार गर्ने व्यक्तिले प्रयोग गरेको वाक्य सम्झँदै उनले भनेकी छिन्,’त्यसपछि उसले मलाई लेमोनेड खान अफर गर्‍यो । त्यो वेलकम ड्रिंक हो भनेर भन्यो । मैले पिएँ । त्यसपछि १०/१५ मिनेटपछि मलाई रिंग्यायो । त्यसपछि मैले त्यो यौन दूराचारीलाई घर जान चाहन्छु म ठीक छुइन भनेर भनें । तिमी विजेता भएर यस्तो गर्ने भनेर मलाई गाली गर्‍यो । पार्टीमा केटीहरुलाई यस्तै होला भनेर अर्को कोठा लिएर राखेको छु । तिमी त्यहाँ गएर आराम गर, सबैजना आएपछि तिमीलाई उठाउन कसैलाई पठाउँछु भनेर मलाई भन्यो ।’

 

उनी त्यही कोठामा गइन् । त्यतिबेला उनी १६ वर्षकी थिइन् । उनको नागरिकतासमेत बनेको थिएन । ‘मलाई त्यतिबेलाको याद भएको भनेको मेरो घरिघरि होस खुलिरहेको थियो । उसले शारीरिक सम्बन्ध राखिरहेको थियो । मलाई एकदम दुखिरहेको थियो । ४:३०/५:३० तिर मेरो होस खुल्यो । त्यो व्यक्ति मेरो छेउमा नग्न सुतिरहेको मैले देखें । ओछ्यानमा रगत लागेको थियो । त्यसपछि म एकदम ठूल्ठूलो आवाजमा रुन थालें,’आँखाभरि आँसु बनाउँदै युवतीले घटनाबारे भनेकी छन्,’त्यो मान्छेले मैले तिम्रो ब्यागमा २० हजार हालिदिएको छु । तिमी यो पैसा राख। तिमीलाई पैसा चाहिएको थियो त्यसैले तिमीले मलाई शारीरिक सम्बन्ध राख्न भन्यौ भनेर उसले मलाई म्यानिपुलेट गर्‍यो । म ढोकाको अगाडि उभिरहेको थिएँ, ढोका बन्द थियो । म घरि त्यो व्यक्तिलाई हेर्दै थिएँ घरि त्यो पैसालाई । आफैंलाई ऐनामा हेरिरहेको थिएँ । मसँग के भयो भन्ने कुरामाथि मलाई विश्वास लागिरहेको थिएन । म पनि बलात्कृत हुन सक्छु भन्ने कुरामा मलाई विश्वास नै लागिरहेको थिएन ।’

त्यो घट्नापछि नग्न तस्बिर र भिडियो सार्वजनिक गरिदिन्छु भन्दै उक्त व्यक्तिले ६ महिनासम्म लगातार आफूमाथि दुर्व्यवहार गरेको पनि उनको दाबी छ । ‘उसले मेरो तस्बिर/भिडियो लिएको र यसबारे कसैलाई भन्यो भने तस्बिर सार्वजनिक गरिदिन्छु । एकदम चलेको अनलाइनमा मेरो फोटोग्राफर साथी छ भन्यो । म एकदम डराएको थिएँ । एकदम असहाय अनुभव भयो ।म रुन पनि सकिनँ । मेरो शरीर जमेको जस्तो भएको थियो । मैले कपडा लगाएँ । उसले नै ट्याक्सी बोलाइदियो । मेरो मोबाइलमा परिवारको २ सय भन्दा बढी मिस्डकल थियो,’उनले भनेकी छन् । उक्त व्यक्तिले आफ्नो साथीसँग पनि उनलाई शारीरिक सम्बन्ध राख्न लगाइएको कुरा पनि उनले बताइदिएकी छन् । त्यतिबेला आफू सम्बन्धमा रहेको प्रेम ‘खड्का’ र उनले उक्त व्यक्तिको कन्सल्टेन्सीमै पुगेर पुराना भिडियो र तस्बिर डिलिट गर्न लगाएको कुरा उनले भिडियोमा बेलिविस्तार लगाएकी छन् । त्यहीबेला कोरियोग्राफरसमेत रहेकी पूर्व मिस नेपाललाई सहयोगका लागि कुरा गर्दा उल्टै आफैंलाई दोष लगाएको कुरा उनले सार्वजनिक गरेसँगै पूर्वमिस नेपाल माल्भिका सुब्बा यो घटनामा जोडेकी छन् ।

‘त्यसपछि मैले त्यो ‘मिस नेपाल’लाई फोन गरें । मैले भने म्याम यो व्यक्तिले मलाई यस्तो-यस्तो गरेको छ । ६ महिनासम्म यस्तो गर्‍यो । म बल्ल यो सत्यता बाहिर निकाल्दैछु । म्याम हामी उसको अफिसमा छौं । कृपया आउनुस् अनि मलाई सहयोग गर्नुहोस् भन्दाखेरि उनले के भनेकी थिइन् म त्यो शब्द नै भन्न चाहन्छु,’भिडियोको भाग ३ मा उनले उक्त घटना सम्झँदै भनेकी छन्,’तिमी किन यो सबै मलाई सुनाउँदैछौ । तिमी बलात्कृत हुनु त तिम्रो समस्या हो । यो मेरो समस्या होइन, मलाई किन सुनाइरहेको ।’

त्यतिबेला पूर्व मिस नेपाल माल्भिका सुब्बाले उनलाई यस्तो भनेको कुरा खुलेसँगै सामाजिक सञ्जालमा चर्को विरोध भयो । माल्भिकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत लामो पोस्ट लेख्दै क्षमायाचना मागेकी छिन् । ‘एकदमै दु:ख लागेको छ । मलाई विस्तृतमा त थाहा छैन । तर तिमीले मलाई कल गरेको थियौ र आफ्नो अब्युजरको बारेको भनेकी थियौ । तर मैले त्यतिबेला तिमीलाई सहयोग गरिनँ जतिबेला तिमीलाई मेरो आवश्यकता थियो । त्यो क्षमालायक होइन । मलाई क्षमा गरिदेउ भन्ने आश पनि गर्दिनँ । तिमीलाई मैले सुनिनँ, विश्वास गरिनँ, सहयोग गरिनँ, त्यसमा एकदमै माफी माग्न चाहन्छु । तिमीलाई सहयोग नगरेर तिमीले भोगेको अन्यायमा साथ दिएँ भन्ने कुरामा स्वीकार गर्छु,’माल्भिकाले लेखेकी छन्,’तिमीसँग क्षमा पाउन एकदमै ढिला भइसक्यो भन्ने मैले बुझेको छु। तर अहिले म तिमी यो कुराबाट बाहिर निस्केको देख्न चाहन्छु । त्यतिबेला मैले गर्नुपर्ने कुरा म गर्छु । त्यतिबेलासम्म म लैंगिक विभेद र यौन दुर्व्यवहारको हरेक प्लेटफर्मबाट हट्न चाहन्छु ।’

त्यस्तै त्यतिबेला उनको तस्वीर खिचिदिने फोटोग्राफर श्रीधर पौडेलले पनि सामाजिक सञ्जालमार्फत मनोज पाण्डेको अनुरोधमा आफूले तस्वीर खिचिदिएको तर एजेन्सी र क्लाइन्टबीचको सम्झौतासँग आफ्नो सरोकार नभएको दाबी गरेका छन् । ‘म पेशाले व्यवसायिक फोटोग्राफर हुँ । विभिन्न इभेन्ट तथा व्यक्तिहरुको फोटोसुट गर्नु मेरो व्यावसायिक धर्म हो । त्यसैक्रममा अल अबाउटदिस्किनको फोटोसुट गरिदिनपर्‍यो भनि मनोज पाण्डेले अनुरोध गरेपछि मैले काम गर्ने अनलाइनखबरको स्टूडियोमा फोटो खिचिदिएको हो । त्यसबापतमा मैले मेरो पारिश्रमिक लिएको हुँ । भिडियोमा दुवैजना मिलेर फोटो खिचेको र पाँच हजार दिएको भनेकी छिन्। यसमा मेरो संलग्नता भनेको स्टुडियोमा फोटो खिचिदिने र त्यसबापत पाण्डेसँग पारिश्रमिक लिने हो। एजेन्सी र क्लाइन्टविच के कति पारिश्रमिकमा कुरा भएको हुन्छ त्यसमा मेरो सरोकार हुन्न ।’ युवतीले कन्सल्टेन्सीमै पुगेर यौन दुर्व्यवहारको कुरा सार्वजनिक गरिसकेपछि आफूले उक्त व्यक्तिलाई आइन्दा दुर्व्यवहार नगर्नुस् भन्दै हिँडेकोसमेत उल्लेख गरेका छन् ।

आफूले सार्वजनिक गरेको भिडियोमा उक्त युवतीले डिल्लीबजारमा रहेको अर्को एजेन्सीले पनि आफ्नो दुर्व्यवहार गरेको कुरा खुलाएकी छन् । उक्त घटनापछि आफूले मोडल बन्ने सपना नदेखेको उनको दाबी छ । ‘त्यतिबेला मलाई लाग्यो यो इन्डस्ट्री नै यस्तै छ । सबैजना यही बाटो भएर जान्छन् । सायद उनीहरु यो कुरासँग ओके छन् । तर मलाई यो कुरा चाहिँदैन। यो इन्डस्ट्रीमा केही चाहिँदैन भनेर मैले अभिनेत्री बन्ने मेरो सपनाको ढोका बन्द गरें,’उनी भन्छिन्,’त्यतिबेला मलाई कसैले सहयोग गरेन । सायद त्यो मेरो गल्ती थियो । त्यो सौन्दर्य प्रतियोगितामा जानु मेरो गल्ती थियो । त्यो लेमोनेड खानु गल्ती थियो । तर मलाई अहिले लाग्छ त्यो मेरो गल्ती थिएन।’

मास्टर इन काउन्सिलिङ साइकोलोजी पढिरहेकी उक्त युवतीले दुर्व्यवहारको कुरा मनभित्रै राख्दा आफू निको हुन नसकेको बताउँदै युवा उमेरका इन्फ्लुएन्सर परिवारसहित अगाडि बढ्न सुझाव दिएकी छन् । ‘मैले यो कुराहरु धेरै वर्ष मेरो मनभित्र राखें । र म सन्चो भइनँ । म भइनँ नि त सन्चो । मैले कति पैसा खर्च गरेर थेरापी गरें । कति औषधि खाएँ । म सन्चो भएँ त । भइनँ नि त, ‘भावुक हुँदै भनेकी छन्,’टिकटकमा बालबालिकाहरूले स्पोन्सर पाएर सुटिङमा गएको देख्छु । तर म उनीहरुका लागि चिन्तित हुन्छु । यदि तपाईंहरु इन्फ्लुएन्सर हौ, अभिनेत्री बन्न चाहन्छौ अथवा मोडल कृपया आफ्नो आमालाई नलिई कहीँ पनि नजाउँ । मैले गरेको गल्ती नगर ।’

युवतीलेमाथि भएको दुर्व्यवहारको कुरा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनलाई साथ दिनेहरू बढेका छन् ।

Advertisement Banner
Previous Post

अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ गीतकार उपाध्यायले पाए

Next Post

चेतन कार्कीको प्रथम स्मृति दिवस कमलामाई नगरपालिकामा 

Editorial Team

Editorial Team

Next Post
चेतन कार्कीको प्रथम स्मृति दिवस कमलामाई नगरपालिकामा 

चेतन कार्कीको प्रथम स्मृति दिवस कमलामाई नगरपालिकामा 

Recommended

कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र  पुरस्कृत

कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र  पुरस्कृत

4 years ago
Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

Election Commission appoints Chief Returning Officers, Returning Officers

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.