Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

Editorial Team by Editorial Team
August 5, 2026
in News, Sports, World
0
फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी — विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो प्रशासनिक विवाद र नेतृत्वमाथिको बढ्दो आलोचनाबीच दबाबमा परेका छन्। फिफाका प्रमुख प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने प्रस्ताव फिर्ता लिए पनि युरोपेली फुटबल महासंघ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारिबियन फुटबल महासंघ (कन्काकाफ) ले उनको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्।

इन्फान्टिनोले विवादित लगानी योजना फिर्ता लिएपछि युइएफएले त्यस निर्णयलाई स्वागत गर्दै यसलाई “सिङ्गो फुटबलको जित” भनेको छ। तर, सन् २०१६ मा अध्यक्ष निर्वाचित हुँदा गरेका पारदर्शिताका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै युइएफएले वर्तमान नेतृत्वले अपारदर्शी र गोप्य निर्णयहरू अघि बढाएको जनाएको छ।

युइएफएले जारी गरेको विज्ञप्तिमा वर्तमान फिफा नेतृत्वले आफ्ना सदस्य मात्र नभई विश्व फुटबल समुदायको विश्वास गुमाइसकेको दाबी गरिएको छ।

यस्तै, कन्काकाफले पनि इन्फान्टिनोको नाम उल्लेख नगरी फिफाको नेतृत्व शैलीप्रति असन्तुष्टि व्यक्त गरेको छ। महासंघले फुटबलको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने नेतृत्व स्वीकार्य नहुने भन्दै फिफाको समग्र नेतृत्व र सुशासनको समीक्षा गर्न माग गरेको छ।

आगामी मार्चमा हुने फिफा कंग्रेसमा चौथो कार्यकालका लागि उम्मेदवारी दिने तयारीमा रहेका इन्फान्टिनोका लागि यो विवाद चुनौतीपूर्ण बनेको छ। बेलायतका पूर्वमन्त्री एन्डी बर्नहामले सार्वजनिक रूपमा इन्फान्टिनोलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

यद्यपि, सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको फुटबल एसोसियसनले भने लगानी योजना फिर्ता लिने निर्णयको स्वागत गर्दै इन्फान्टिनोप्रति समर्थन जनाएको छ।

यसैबीच, इङ्ल्यान्डको फुटबल एसोसियसन (एफए) र नर्वेली फुटबल फेडरेसनसहित विभिन्न राष्ट्रिय फुटबल संघहरूले फिफाको सञ्चालन प्रक्रिया, वित्तीय पारदर्शिता र नेतृत्वमाथि स्वतन्त्र समीक्षा आवश्यक रहेको बताएका छन्।

युइएफए र कन्काकाफबाट उठेका आरोपबारे फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

Advertisement Banner
Previous Post

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

Next Post

ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

Editorial Team

Editorial Team

Next Post
ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

Recommended

सर्लाहीमा चुनावी ‘सफाया’ : पूर्वमन्त्रीदेखि पूर्वसांसदसम्म १२४ जनाको जमानत जफत

सर्लाहीमा चुनावी ‘सफाया’ : पूर्वमन्त्रीदेखि पूर्वसांसदसम्म १२४ जनाको जमानत जफत

6 months ago
K.G.F: Chapter 2 becomes third highest-grossing film in Hindi

K.G.F: Chapter 2 becomes third highest-grossing film in Hindi

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.