Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

Editorial Team by Editorial Team
August 5, 2026
in News, World
0
ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकाका लागि ब्राजिलकी राजदूत मारिया लुइजा रिबेरो भियोटीको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मंगलबार उक्त जानकारी दिएका हुन्।

रिपोर्टअनुसार ब्राजिलले आगामी राष्ट्रपतीय निर्वाचनअघि भ्रमण गर्न चाहेका दुई अमेरिकी कूटनीतिज्ञलाई भिसा दिन अस्वीकार गरेपछि त्यसको प्रतिक्रियास्वरूप राजदूत भियोटीको भिसा रद्द गरिएको हो।

अमेरिकाले राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका ब्राजिलका लागि नयाँ अमेरिकी राजदूतको नियुक्ति प्रक्रियालाई ब्राजिल सरकारले जानाजान ढिलाइ गरिरहेको आरोपसमेत लगाएको छ।

यता, ब्राजिल सरकारले अमेरिकी निर्णयको विरोध गर्दै यसलाई दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव बढाउने कदमका रूपमा टिप्पणी गरेको छ। साथै, अमेरिकाले ब्राजिलको आगामी राष्ट्रपतीय निर्वाचनमा प्रभाव पार्ने प्रयास गरेको संकेत यस निर्णयले दिएको ब्राजिलको दाबी छ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको कार्यालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी कदमलाई वैचारिक रूपमा प्रेरित र ब्राजिलविरुद्ध शत्रुतापूर्ण नीति अपनाउने रणनीतिको हिस्सा भएको आरोप लगाइएको छ।

यस घटनापछि अमेरिका र ब्राजिलबीचको कूटनीतिक सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ।

Advertisement Banner
Previous Post

फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

Next Post

वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

Editorial Team

Editorial Team

Next Post
वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

Recommended

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

2 weeks ago
कांग्रेसको समानुपातिक बन्दसूचीमा परेका यी हुन् ११० जना 

कांग्रेसको समानुपातिक बन्दसूचीमा परेका यी हुन् ११० जना 

8 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.