Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

Editorial Team by Editorial Team
August 10, 2026
in Nepal, News
0
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान भएको भेटवार्ता करिब ४५ मिनेट चलेको थियो। भेटमा दुवै देशका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा द्विपक्षीय सहकार्यका विभिन्न आयामबारे छलफल भएको बताइएको छ।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहले पनि भारतसँगको मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।

कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता सुरु

प्रधानमन्त्री पद सम्हालेपछि शाहले यसअघि विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा भेटघाट गर्दै आएका थिए। सोमबार भारतीय राजदूतसँग भएको भेटसँगै उनले विदेशी कूटनीतिज्ञसँग पहिलोपटक छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता सुरु गरेका हुन्।

यस भेटलाई प्रधानमन्त्री शाहको छिमेकी मुलुकसँगको सम्बन्ध र आर्थिक तथा विकास कूटनीतिलाई प्राथमिकता दिने नीतिको सुरुआती संकेतका रूपमा समेत हेरिएको छ।

चिनियाँ राजदूतसँग पनि भेट हुँदै

यसैबीच, प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

सिंहदरबारमा दिउँसो ३ बजे हुने भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विकास परियोजना, आर्थिक सहकार्य तथा कूटनीतिक सम्बन्धका विविध विषयमा छलफल हुने जनाइएको छ।

भारत र चीन दुवैका राजदूतसँग एकै दिन हुन लागेको भेटवार्तालाई प्रधानमन्त्री शाहको छिमेक नीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

Advertisement Banner
Previous Post

जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

Next Post

 Indian Ambassador Naveen Srivastava met Nepal Prime Minister Balen Shah

Editorial Team

Editorial Team

Next Post
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

 Indian Ambassador Naveen Srivastava met Nepal Prime Minister Balen Shah

Recommended

Karnali requires Project Bank listing for projects above Rs 5 million

Karnali Province records low capital spending in first half of fiscal year

8 months ago
Zelensky welcomes amendments to proposed peace plan

Ukraine says ‘understanding’ reached with US on peace plan

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.