प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण

 

काठमाडौँ — नेपाली भाषाशास्त्र विज्ञ, लोक सांस्कृतिक विश्लेषक, कवि एवम् गीतकार प्रा.डा. मोहनप्रसाद तिमल्सिनाको व्यक्तित्व र कृतित्व झल्कने सामग्री समेटिएका ‘प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ’को लोकार्पण गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उक्त अभिनन्दन ग्रन्थको लोकार्पण गरेका हुन् ।

मन्त्री अधिकारीले प्राडा तिमल्सिनाको धादिङमा मात्रै नभएर मुलुकमै भाषा, साहित्य तथा शिक्षाको विकासमा अतुलनीय योगदान रहेको बताए । उनले जिल्लाका अन्य स्थानीय तहले समेत प्राडा तिमल्सिनाजस्तै अनुकरणीय व्यक्तित्वहरुको यसरी नै सम्मान गर्न सके नयाँ पुस्तालाई प्रेरणा मिल्ने विचार पनि व्यक्त गरे l
अभिनन्दन ग्रन्थ धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले प्रकाशन गरेको हो l प्राडा तिमल्सिना सोही गाउँपालिकाका वडा नं. ४ सल्यानकोट, काफलडाडाका स्थायी बासिन्दा हुन् ।
त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन गरेका प्राडा तिमल्सिनाले नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएका योगदानको कदर गर्दै अभिनन्दन ग्रन्थ प्रकाशन गरिएको हो ।गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले प्राडा तिमल्सिनाजस्ता मूर्धन्य व्यक्तित्वको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशन गर्न पाउनु समग्र गाउँपालिकाकै लागि गौरवको विषय भएको बताए ।

हो ।

488993083_1376232420377490_3480839303889446641_n

कार्यक्रममा लोक सांस्कृतिविद् नन्दकृष्ण जोशी, कलाकार एवम् कवि शैलेन्द्र सिम्खडा, शिक्षाविद् हरिविनोद अधिकारी र हरिसिंह केसी, नेपाली कांग्रेस धादिङका नेताहरु तिलक रुवाली र बासु तिमल्सिनालगायतका वक्ताहरुले प्राडा तिमल्सिनाको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।
अभिनन्दन ग्रन्थमा प्राडा तिमल्सिनालाई राम्ररी चिनेका २४ जनाले लेखेका उनको बाल्यकालदेखि हालसम्मको जीवन गाथा झल्कने २४ वटा सामग्री छापिएका छन् ।
अभिनन्दन ग्रन्थको सम्पादन प्राडा तिमल्सिनाका शिष्यहरु डा. नवीनबन्धु पहाडी, डा. मुरारी अधिकारी र डा. मोहनबहादुर कँडेलले गरेका हुन् ।

Comments are closed.