Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News, Tourism
0
पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सुन्दरबजार- पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ।

बिहानै उदाउने सूर्यले हिमालका काखमा सुनौलो रङ पोतिदिँदा राइनासकोटको दृश्य झन् लोभलाग्दो देखिन्छ। हल्का कुहिरो चिर्दै उदाउने घामसँगै अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ र माछापुच्छ्रे हिमशृङ्खला क्रमशः छर्लङ्ग्गै देखिँदा पर्यटक मन्त्रमुग्ध हुने गर्छन्। यही सूर्योदय हेर्न पर्यटक बिहानै डाँडा उक्लिने गर्छन्।
विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनर्निर्माण भएसँगै यहाँ सामुदायिक होमस्टे सञ्चालनमा आएको छ।
परम्परागत घुमाउने घर, गुरुङ समुदायको मौलिक संस्कृति र आत्मीय पाहुना सत्कारले राइनासकोटलाई छुट्टै पहिचान दिएको छ। हाल १७ घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ एकै रातमा करिब १०० जनासम्म पाहुनाले बास बस्न सक्छन्।
राइनासकोटबाट हिमाल मात्र होइन गोरखाको बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट र गोरखाबजारदेखि तनहुँको आँबुखैरनी, बन्दीपुर र दमौलीसम्मका बस्तीहरू सजिलै देख्न सकिन्छ।
लमजुङको बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार र दूराडाँडासमेत आँखै अगाडि देखिने भएकाले यो डाँडा प्राकृतिक भ्यू–टावरकै रूपमा चिनिन थालेको छ। राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष बालसिंह गुरुङका अनुसार यहाँबाट १८ जिल्लासम्म देख्न सकिन्छ।
बाइसे–चौबिसे राजाको पालामा निर्माण भएको राइनासकोट किल्ला, कालिका, कोटेश्वर महादेव र थानीमाई मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिकस्थलले यस क्षेत्रको ऐतिहासिक गरिमा झल्काउँछन्।
समुद्री सतहबाट एक हजार ७७४ मिटर उचाइमा रहेको राइनासकोटमा सूर्योदय र सूर्यास्त दुवै दृश्यावलोकन गर्न सकिन्छ। साँझपख अस्ताउँदै गरेको सूर्यले चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटमा रातो–पहेँलो आभा छर्दा पर्यटक लामो समयसम्म त्यो दृश्यमा हराउँछन्।
राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष गुरुङका अनुसार हप्ताको अन्त्यमा पर्यटकको चाप बढी हुने गरेको छ। शुक्रबार र शनिबार १०० देखि १५० जनासम्म पर्यटक आउने गरेका छन्।
राइनास नगरपालिकाले राइनासकोटको पर्यटनलाई अझ व्यवस्थित र दिगो बनाउँदै लैजाने योजना अघि सारेको छ। नगर प्रमुख गुरुङका अनुसार होमस्टेलाई थप व्यवस्थित बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र सेवास्तर सुधार्ने काम भइरहेको छ। केन्द्र र प्रदेश सरकारको सहयोगमा पार्क निर्माण, मन्दिर पुनर्निर्माण, पुरातात्विक सम्पदाको संरक्षण र सडक सुधार पनि भइरहेका छन्।
प्याराग्लाइडिङ, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र मनमोहक दृश्यका कारण राइनासकोट पछिल्लो समय काठमाडौँ, पोखरा र चितवनलगायत सहरका पर्यटकको रोजाइमा पर्न थालेको हो। यहाँ पुग्न लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट करिब डेढ घण्टा यात्रा गर्नुपर्छ।

Advertisement Banner
Previous Post

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

Next Post

पाकिस्तानको पीआईए एयरलाइन्सआज लिलाम हुँदै

Editorial Team

Editorial Team

Next Post
पाकिस्तानको पीआईए एयरलाइन्सआज लिलाम हुँदै

पाकिस्तानको पीआईए एयरलाइन्सआज लिलाम हुँदै

Recommended

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको समुद्घाट्न

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको समुद्घाट्न

4 years ago
रम्बास् कविता:मनुष्य

रम्बास् कविता:मनुष्य

4 years ago

Don't Miss

Nepal : Muslim Commission’s annual report presented to President

Nepal : Muslim Commission’s annual report presented to President

August 10, 2026
Finance Minister Dr Wagle assures large taxpayers of favorable atmosphere for investment

Finance Minister Dr Wagle assures large taxpayers of favorable atmosphere for investment

August 10, 2026
PM Shah meets Chinese ambassador to discuss bilateral ties and development cooperation

PM Shah meets Chinese ambassador to discuss bilateral ties and development cooperation

August 10, 2026
एकै दिन भारत र चीनका राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन शाह

Opposition protests PM Balen’s remarks on Nepal ‘encroaching’ on Indian territory

August 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.