प्रि-मनसुन सुरु भएसँगै रुझ्यो काठमाडौं, देशका विभिन्न भागमा वर्षा

काठमाडौं । प्रि-मनसुन सुरु भएसँगै आज काठमाडौं उपत्यकामा वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको हो ।

बिहानदेखि नै परेको पानीले जनजीवन प्रभावित भएको छ । कार्यालय समयमा वर्षा भएका कारण ट्राफिक जाम पनि बढेको छ । देशको पूर्वी क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको छ । अहिले पनि, वीरगञ्ज, निजगढ, हरिवन, लालबन्दी, बर्दिबास, लाहान लगायतका क्षेत्रमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । लामो खडेरीपछि वर्षा हुँदा किसान खुसी भएका छन् । उखु रोप्ने तयारीमा रहेका किसानलाई यसले फाइदा हुने देखिन्छ ।

मधेस, कोशी र बागमती प्रदेशका धेरै भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताए । ‘मधेस, कोसी, बागमती प्रदेशमा आज दिनभरी नै मौसम बदली हुनेछ’ उनले भने, ‘सिन्धुली, हेटौँडासहित धेरै ठाउँमा अहिले पनि वर्षा भइरहेको छ ।’

भोलि र पर्सीको पूर्वानुमान
दिउँसो: देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
दिउँसो: देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Comments are closed.