मुस्कान
यो
मन्द
मुस्कान
मेरो धन
मेरो स्पन्दन
अटल अविचल
छोप्छ सङ्घर्षहरू
बाँच्छ स्वाभिमानसँग
हाँस्छ प्रभाती सूर्यसँग
गाँस्छ मित्रता आकङ्क्षासँग
लाउँछ मित जुनसँग
छर्छ अधरमा लाली
ढाकीदिन्छ समस्या
निडर निश्चल
ऊ स्वभिमानी
अभिमानी
प वि त्र
हाँ सो
यो।
गीताश्री शर्मा
Comments are closed.