रम्बास कविता: वसन्त

वसन्त

यो
मिठो
मौसम
प्रारम्भ भो
वसन्त   ऋतु
नवीन   पालुवा
प्रस्फुटन  पर्खिंदै
नवप्रवर्तन        मस्त
बासन्तीय    लय   माधुर्य
सुगन्धित   पवनमा   झुल्दै
रंग बिरङ्गमा    सजिँदा
सुन्दर छटा  पस्केका
झुल्दै बागमा मख्ख
मनमोहक ‌ जो
सुन्दर    पुष्प
कति विधि
बि छ ट्टै
रा म्रा
यी ।

भागीरथी ज्ञवाली

Comments are closed.