रम्बास कविता: मुस्कान

मुस्कान

यो
मन्द
मुस्कान
मेरो    धन
मेरो   स्पन्दन
अटल    अविचल
छोप्छ        सङ्घर्षहरू
बाँच्छ       स्वाभिमानसँग
हाँस्छ        प्रभाती   सूर्यसँग
गाँस्छ  मित्रता   आकङ्क्षासँग
लाउँछ    मित       जुनसँग
छर्छ    अधरमा  लाली
ढाकीदिन्छ समस्या
निडर     निश्चल
ऊ स्वभिमानी
अभिमानी
प वि त्र
हाँ सो
यो।

 

गीताश्री शर्मा 

Comments are closed.