तुसारो
यो
मास
तुसारो
छरिएको
चिनी पोखेझैँ
हुँदा सूर्योदय
उड्दैन यो तुसारो
उमङ्ग खुम्चिएको छ
चिन्तन कठाङ्गिएको छ
परिवेश समाजको ठन्डा
देश गुडुल्किएको उस्तै
सेलायो सौर्य मण्डल
देव दानको आशा
भक्त चाकडीमा
धरती चिसो
उराठिलो
मौसम
शुष्क
छ ।
गुरुदत्त ज्ञवाली
बुटवल, नेपाल
Comments are closed.