रम्बास कविता: विश्वभ्रमण

 

विश्वभ्रमण


आफ्नै
क्र न्द न
अ ग णि त
कति सहिन्छ
प्रतिवाद    कति
गाँठो पार्दै   मुटुमा
पन्छाउँदै     कसिंगर
भावमा पौडिन्छ अधिक
गरिन्छ विश्वभ्रमण   एक्लै
फुर्दछन्  कविता  वा कथा
रस स्वाद      मिठा टर्रा
खुल्छ     मनोविज्ञान
एक्लै   वार्ता हुन्छ
सुन्छ   मनले
टिप्छ  धुन
सारङ्गी
मज्जा
छ ।

गुरुदत्त ज्ञवाली

Comments are closed.