रम्बास कविता: मान्छे

मान्छे

यो
मान्छे
दि न हुँ
सुतिदिन्छ
अ न व र त
दिन नबिराई
गरेँभन्दै उन्नति
मार्दैअनि मर्दै सदा
बनिँदै कलङ्कित स्वयं
प्लावित भै मानव रक्तमा
मान सम्मान दिन चुक्छ
आफ्नै दुनो सोझ्याउँछ
मित्रसित दुष्ट्याइँ
दुष्ट सित मित्र
धूर्त-अल्पज्ञ
विकसित
भएकै
हो त
ऊ?

**

खेमलाल पोखरेल

Comments are closed.