रम्बास कविता: उनिउँ

 

उनिउँ

छन्
झ्याम्म
उ म्रे का
य त्र त त्र
उनिउँ जस्ता
मान्छेका बथान
फलफूल बिहीन
बाँझो जीवन यिनको
न लक्ष्य न उद्देश्य केही
उपयोगहीन      अपतृण
निष्फल निष्प्रयोजनीय
ओगट्छन् केवल ठाउँ
न चल्छ    यश नाउँ
न छ केही   भाउ
अभागी    भन्नू
कि अकाम्य
यो कस्तो
जी व
लौ।

मिलन बोहोरा

Comments are closed.