सपना
लौ
रोपौँ
सपना
मस्तिष्कमा
नौलो बीजले।
बिज्ञान खेतमा
गोर्खाली दिमागले
के फलाउन सक्लान्
मानव जातीको हितमा!
धेरै भयो खुकुरीको गाथा
जाति चिनियोस उप्रान्त
बैज्ञानिक जन्माएर।
बिज्ञान भित्र्याएर
हाम्रो सोच भित्र
नोवेल जित्ने
स्वप्न देखौं,
साकार
हुन्छ
नै।
$$
टंक सिटौला, भोलाझार, आसाम।
Comments are closed.