आह्वान
यो
भूमि
बगैंचा
धर्तीमाता
विश्व नियाल्दै
उठौं सारा उठौं
मिर्मिरे उषासँगै
उत्साह आश बोकेर
जहिले कोइली कुर्लिन्छ
यो सारा जगत् बिउँझाउछ
तृष्णाले जलेको धर्तीमा
जलका थोपा थोपाले
सिञ्चित गराउँछ
अंकुरण हुन्छ
जीवन पुन:
पा र णी य
फूल झैँ
फूल्नु
छ।
घनश्याम पौडेल
इलाम, नेपाल
Comments are closed.