रम्बास कविताःपश्चाताप

 

पश्चाताप


गर्छ
विस्वास
भाग्य माथि
गर्दैन     कर्म
गर्छ धेरै  अल्छी
छ  भरोसा   ग्रहमा
हेर्छ  पात्रो   बारम्बार
मुस्कुराउँछ      रमाउंँछ
फेरि झसंग  हुँदै  भन्छ  ऊ
भाग्य   कर्ममा नै बस्दछ
गुमाएँछु     मैले  सबै
आफैँलाई धिक्कार्छ
कति मुर्ख भएँछु
समय भाग्दै छ
मेरो अगाडि
प र्खि दै न
मलाई
अब
त।

पद्मावती देवी ढुंगाना
ओदालगुड़ी आसाम

Comments are closed.