बाटो
म
देख्छु
नि:स्वार्थ
सीमा हीन
निश्चल बाटो
हिँड्छ मान्छे सधैँ
अघि जाने क्रममा
खुल्ला छाती ब नाउँदै
आफ्ना पैताला ओगटेर
धैर्यको महारथी बनेर
गर्दैन पक्षपात केही
अँगाल्छ सबैलाई ऊ
शान्त, शिष्ट भावले
अरूको खुसीमा
डाह नगरी
खुसीसाथ
मस्त भै
बस्छ
ऊ |
सुरज खनाल
खोक्सागुरी, कोक्राझार असम
Comments are closed.