Trending Now

रम्बास कविताःहोड

होड
““““
यो
लक्ष
प्राप्तिको
होड बाजी
अचम्मको छ।
शिखरमा     पुग्न,
या   अन्तरिक्ष  भेद्न
अदम्य    साहस बोक्दै
कठिन  गन्तव्य   यात्रामा
अघि  पछि  तँछाड मछाड,
यो अनन्तकालको   होड ।
अनेकौं   खेल,   झेलमा
व्यर्थताका    सुस्केरा
प्राप्तिको उल्लास।
होडबाजीले
कुसंस्कार
स्थापन
गर्ला
है।

टंक सिटौला,

भोलाझार आसाम

[email protected]

Comments are closed.