रम्बास् कविता: पाइला

पाइला

यी
सुस्त
पाइला
अघि बढ्छन्
क्रमबद्ध छन्
दिनहुँ हिँड्छु म
बिर्सिदिन्छु थकाइ
सुस्तरी सार्छु पाइला
बेथाक घोडा झैं कर्ममा
आधा जिन्दगी समर्पित भो
गर्नु छ अझै दौड़ धूप
रफ्तार हाँक्नु छ मैले
घरिघरि रोकिन्छन्
कर्तव्यको बाटो
ठोकिन्छन् गोडा
झस्किन्छु म
थ कि त
स्थिति
झैँ।

शान्ति भुजेज
कालिम्पोङ

Comments are closed.